

झण्डै तीन दर्जन स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन
३४ स्थानीय तहमा प्रशासकीय अधिकृत र १८ जिल्लामा प्रमुख जिल्ला समन्वय अधिकारी रिक्त छन्।
-
काठमाडौं । कर्मचारी छिटोछिटो सरुवा भएर सुगममा जान थालेपछि ३४ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन्। स्थानीय तहमा ६८ हजार कर्मचारी दरबन्दी भए पनि २९ हजार मात्रै कार्यरत छन्।
३४ स्थानीय तहमा प्रशासकीय अधिकृत र १८ जिल्लामा प्रमुख जिल्ला समन्वय अधिकारी रिक्त छन्। प्रमुख प्रशासकीय अधिकृत रिक्त भएपछि सर्लाहीको पर्सा गाउँपालिका प्रमुख किसनदेव रायले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ताकेता गरे। दुई वर्षयता लगातारको ताकेता पछि उनले गत असार मसान्तमा बल्ल कर्मचारी पाए।
प्रदेश २ मा जनप्रतिनिधिले अधिकांश तहका प्रशासकीय प्रमुखलाई आफूअनुकूल काम गर्न बाध्य पारेपछि उनीहरू ३ महिना पनि नटिकेको मन्त्रालयको भनाइ छ। बजेट खर्च गर्ने अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई छ। निमित्तले गर्ने कामको गुणस्तर र निर्णय क्षमतामा पनि प्रश्न उठ्ने गरेको छ।
केन्द्रप्रति उत्तरदायी रहने प्रमुख प्रशासकीय अधिकृतहरू वारम्वार फेरिँदा मन्त्रालयमा समयमै विवरण आउँदैन। प्रमुख अधिकृत स्थीर नहुँदा गाउँपालिका र नगरपालिकाको कानुन निर्माणमा पनि असर परेको छ। ७ सय ५३ तहमध्ये एक चौथाइले मात्र नमुना कानुन बनाएका छन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित तहको सचिवको कामसमेत गर्ने स्पष्ट गरेको छ।
नगरपालिकामा अधिकृतलाई निमित्त प्रमुखको जिम्मेवारी दिँदा उनीहरूले आफूभन्दा वरिष्ठलाई आदेश दिन र समन्वय गर्न पनि समस्या छ।
प्रमुख प्रशासकीय अधिकृतहरू नहुँदा बजेट कार्यान्वयनमा समस्या देखिएको छ। संघीय मामिला मन्त्रालयले आवको अत्न्यमा प्रमुख प्रशासकीय अधिकृतहरू कार्यरत् रहेको स्थान नछाड्न निर्देशन दिएको थियो। कामकाज प्रभावित हुने भन्दै मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यरत् रहेकै स्थानमा रहन भनेको हो।प्रमुख प्रशासकीय अधिकृत रिक्त गाउँपालिकाहरू
सप्तरी – तिलाठी कोईलाडी
सर्लाही – धनकौल, रामनगर गाउँपालिका
बारा – आदर्श कोटवाला
पर्सा – ठोरी गाउँपालिका
रौतहट- यमुना गाउँपालिका
धादिङ -थाक्रे गाउँपालिका
म्याग्दी- मालिका गाउँपालिका
डोल्पा – मुड्केचुला गाउँपालिका
जुम्ला – तिला गाउँपालिका, हिमा गाउँपालिका
कालिकोट – पलाता गाउँपालिका, सान्नी गाउँपालिका, महावै गाउँपालिका, पचालझरना गाउँपालिका
हुम्ला – नाम्खा गाउँपालिका, चंखेली गाउँपालिका, ताजाकोट गाउँपालिका
बाजुरा- गौमुल गाउँपालिका, स्वामीकार्तिक गाउँपालिका, छेडेदह गाउँपालिका, हिमाली गाउँपालिका
अछाम- रामरोशन गाउँपालिका
कैलाली – जोशीपुर गाउँपालिका
बझाङ – केदारस्यु गाउँपालिका, थलारा गाउँपालिका, साईपाला गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, तलकोट गाउँपालिका, दुर्गाथली गाउँपालिका, सूर्मा गाउँपालिका
दार्चुला – मामिकार्जुजन गाउँपालिका, र व्यास गाउँपालिका
News Desk 0 response बिहिबार, भदौ ५, २०७६
अन्नपूणपोष्ट बाट

सम्बन्धित शीर्षकहरु
-
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३
-
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३



