

-
काठमाडौं : चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा वैदेशिक व्यापारका सबै सूचकमा कमी आएको छ । भन्सार विभागका अनुसार साउनमा नेपालले एक खर्ब ३१ अर्ब २८ करोड रुपैयाँको सामान आयात गरेको छ । यो अघिल्लो वर्षको साउनको तुलनामा १२ दशमलव ९० प्रतिशतले कमी हो ।
यस्तै साउनमा १४ अर्ब ८० करोड रुपैयाँको वस्तु निर्यात भएको छ, यो अघिल्लो वर्षको साउनको तुलनामा २८ दशमलव ६८ प्रतिशतले कमी हो । पहिलो महिनामा व्यापार घाटा एक खर्ब १६ अर्ब ४७ करोड रुपैयाँ रहेको छ, यो अघिल्लो वर्षको पहिलो महिनाको तुलनामा १० दशमलव ३८ प्रतिशतले कम हो ।
साउनमा ११ अर्बको घिउ तेल, २५ अर्बको पेट्रोलियम पदार्थ र बिटुमिन लगायतका वस्तु, ११ अर्ब रुपैयाँको फलामलगायतका वस्तु आयात भएका छन् । यस्तै चार अर्ब ६४ करोड रुपैयाँको गाडी, पाँच अर्ब रुपैयाँको प्लास्टिक, साढे पाँच अर्ब रुपैयाँको औषधि र कच्चा पदार्थ, दुई अर्ब ४६ करोड रुपैयाँको तरकारी, एक अर्ब ९० करोडको फलफूल र तीन अर्ब ५९ करोड रुपैयाँको खाद्यान्न आयात भएका भन्सार विभागले जनाएको छ ।
News Desk 0 response मङ्लबार, भदौ ७, २०७९

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



