

-
काठमाडौं । डिभिजन सडक कार्यालय कञ्चनपुरले तोकिएको समयमा निर्माणकार्य पूरा नगर्ने निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याएको छ । गत आर्थिक वर्षमा मात्रै कार्यालयले काम लिने तर समयमा पूरा नगर्ने ११ वटा निर्माण कम्पनीलाई कारवाही गरेको डिभिजन सडक कार्यालयका सूचना अधिकृत लक्ष्मीदत्त जोशीले जानकारी दिए । “सम्झौतामै समयमा काम नसक्ने निर्माण पक्षलाई पूर्व निर्धारित क्षतिपूर्ति उल्लेख हुन्छ ।” सूचना अधिकृत जोशीले भने “कारवाहीमा परेका अधिकांश निर्माण व्यवसायी सुदूरपश्चिमकै छन् ।” उनले ११ निर्माण कम्पनीबाट हर्जानास्वरुप रु दुई करोड ११ लाख ६६ हजार असुल गरिएको बताए।
“सचेत गराउनेदेखि पटक÷पटक ताकेदा गर्दासम्म कामबारे आनाकानी गर्ने कम्पनीबाट हर्जाना लिइन्छ ।” जोशीले भने, “समयमा काम सक्नेलाई पुरस्कृत पनि गरिन्छ ।” त्यसैगरी गत वर्ष कैलाली र कञ्चनपुरमा साना र ठूला गरी ५४ वटा पुल निर्माणाधीन अवस्थामा रहेको जोशीको भनाइ छ । गत वर्ष ५४ मध्ये नौ वटा पुल निर्माण सम्पन्न भएको डिभिजन सडक कार्यालयले जनाएको छ ।
“११ वटा पुल निर्माणको अन्तिम चरणमा छन् ।” जोशीले भने, “कैलालीको चिसापानीदेखि गड्डाचौकीसम्म पूर्व पश्चिम राजमार्ग मर्मतको कामसमेत भएको छ ।” यहाँको दोदा नदी, ओदाल क्षेत्रमा निर्माण हुनुपर्ने केही पुल भने अलपत्र अवस्थामा छन् । त्यसैगरी कैलाली र कञ्चनपुरमा सडक कार्यालयले तराई, मधेश सडक पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत २४ वटा सडक निर्माणाधीन अवस्थामा छन् ।
News Desk 0 response सोमवार, साउन २०, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३ -
अमेरिका र इरानबीच बढ्दो तनाबले हर्मुज क्षेत्रमा..
मङ्लबार, बैशाख २२, २०८३ -
शेखर गोल्छा हिरासत मुक्त
मङ्लबार, बैशाख २२, २०८३ -
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३
-
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३ -
अमेरिका र इरानबीच बढ्दो तनाबले हर्मुज क्षेत्रमा..
मङ्लबार, बैशाख २२, २०८३ -
शेखर गोल्छा हिरासत मुक्त
मङ्लबार, बैशाख २२, २०८३ -
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



