

-
काठमाडौं : नेपाल आयल निगमले अहिलेलाई पेट्रोलियम पदार्थको भाउ यथावत् राख्ने बताएको छ । निगमले विज्ञप्ति निकालेर भारतीय आयल निगम (आईओसी) बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको भए पनि अझै घाटामै रहने भन्दै मूल्य समायोजन नगर्ने बताएको हो ।
निगमले निकालेको विज्ञप्तिमा अझै पनि १५ दिनको नोक्सानी ६३ करोड ५८ लाख रुपैयाँ रहेकाले मूल्य यथावत् राखिएको उल्लेख छ । गएको सोमवार भारतबाट पेट्रोल प्रतिलिटर १६ रुपैयाँ र डिजल १२ रुपैयाँले घटेर आएको थियो ।
मूल्य घटेर आएपछि अहिले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ७८ पैसा नाफा रहेको तर डिजलमा नौ रुपैयाँ ३७ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर चार सय ९९ रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ । निगमले आईओसीलाई अझै २३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ ।
आजै आयल निगमको प्रधान कार्यालय अगाडि अनेरास्ववियु वाग्मती प्रदेश उपत्यका विशेष कमिटीले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । यातायात व्यवसायीहरूले पनि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गरेका छन् ।
आयल निगमले यस अघि भाउ बढाउने बेलामा स्वचालित मूल्य प्रणाली भन्दै १५–१५ दिनमा बढाएको थियो । तर जव मूल्य घटेर आयो त्यसपछि विभिन्न बाहना बनाउँने गरेको छ । भाउ नघट्ने भएपछि उपभोक्तालाई हर्ष न विस्मात ।
News Desk 0 response बुधबार, साउन १८, २०७९

सम्बन्धित शीर्षकहरु
-
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३
-
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३



