

-
काठमाडौं : २० वर्षमुनिको साफ च्याम्पियनशिपमा नेपालले बङ्गलादेशसँग बराबरी खेलेको छ । भुवनेश्वरको कालिङ्गा रङ्गशालामा भएको खेलमा नेपालले बङ्गलादेशसँग एक–एक गोलको बराबरी खेलेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीबाट अवसर बने पनि गोल भने हुन सकेन । दुवै गोल दोस्रो हाफमा भयो ।
खेलको ६३ औँ मिनेटमा बङ्गलादेशका मोहमद पियास अमहेद नोभाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर त्यसको पाँच मिनेटमा नै नेपालका लागि निरञ्जन मल्लले गोल गर्दै खेल एक–एक गोलको बराबरीमा ल्याए ।
यसअघि दोस्रो हाफको सुरुमै दुवै टोलीबीच हात हालाहालसम्म भएको थियो । खेलाडीबीच झगडा हुँदा रेफ्रीले नेपालका मैदानमा रहेका दिपेश गुरुङ र बेन्चका वैकल्पिक खेलाडी रोहित सुब्बालाई रातो कार्ड देखाए । यस्तै बङ्गलादेशका साहिदुल इस्लामले दोस्रो पहेँलो कार्डसँगै रातो कार्ड पाए । दुै टोलीबीचको झगडाले खेल केहीबेर तनावग्रस्त बनेको थियो ।
यो बराबरीसँगै बङ्गलादेश चार खेलका १० अङ्ककासाथ तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल पुगेको छ । नेपाल चार खेलमा सात अङ्क जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको भारत भने ६ अङ्कसहित तेस्रो स्थानमा छ ।
आज बेलुकी सवा ६ बजे भारत र माल्दिभ्सबीच हुने खेल नेपालका लागि महत्त्वपूर्ण हुनेछ । भारतले माल्दिभ्ससँग हारेमा मात्रै नेपाल फाइनलमा पुग्नेछ । माल्दिभ्ससँग भारतको बराबरी वा जितले भने नेपालको यात्रा समूह चरणमा नै सकिनेछ ।
News Desk 0 response मङ्लबार, साउन १७, २०७९

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


