

-
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुच्चे नक्सा जारी गरेकै कारण आफू प्रधानमन्त्रीबाट हट्नुपरेको बताएका छन् । अध्यक्ष ओलीले त्यो भू–भाग नेपालको हो भन्ने कुरामा विवाद नभएकाले आफूले त्यसलाई नेपालको नक्सामा राखेकै कारण आफू प्रधानमन्त्री पदबाट हट्नुपरेको बताएका हुन्।
आज सोमवार काठमाण्डौमा आयोजित डा. द्वारिकानाथ ढुंगेलद्वारा लिखित पुस्तक ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ को लोकार्पण समारोहमा उनले नेपालको भूगोल समेटिएको नक्सा जारी गरेपछि उपद्रो हुन्छ भन्ने आफूलाई लागेको र त्यसैअनुसार प्रधानमन्त्री पद गुमाउनु पुगेको बताए ।
उनले भने, ‘लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको भू–भाग हो । हामी अर्घेल्याइँ गर्न चाहँदैनौँ । मैले भनेँ– राष्ट्रिय हित गर्दा राष्ट्रको पक्षमा अन्यायपूर्ण दाबी गर्न सकिँदैन, गर्नु हुँदैन । न्यायोचित मात्रै दाबी गर्नु पर्दछ । लिम्पियाधुरा, लिपुलेक, कालापानी जो १८१६ जनवरीमा सम्झौता भएर मार्चमा त्यो कार्यान्वयन भइसकेको सुघौली सन्धिले महाकालीको उद्गमस्थलको पूर्वपट्टिको भू–भाग नेपालको हो भनेर भनिसकेपछि यसमा विवादको विषय नै हुन सक्दैन । तर कहिलेबाट छोडियो रु नेपालको नक्साबाट त्यो भू–भाग हटाइयो । त्यसलाई नक्सामा सामेल गरेपछि त्यति बेला नै यहाँ ठूलो उपद्रो मच्चिनेवाला छ भन्ने थाहा थियो । मैले प्रधानमन्त्रीबाट हट्नुपर्छ भन्ने कुरा थाहा थियो र नभन्दै हट्नुपर्यो ।’
ओलीले नाकाबन्दी सधैँका लागि अन्त्य गरेबापत आफूले यसअघि पनि प्रधानमन्त्री पद गुमाउनु परेको उल्लेख गरे । उनले प्रधानमन्त्री पद गुमाउनपर्दा आफूलाई कति पनि पिर नलागेको तर सत्तामुखी भएर अहिले भइरहेका गतिविधिले भने आफू चिन्तित भएको बताए ।
कार्यक्रममा उनले २०२६ सालमा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा दक्षिण छिमेकीको १७ वटा सैन्य पोस्ट उत्तरी सिमानामा राख्ने गरी भएको सम्झौता हटाउने काम गरेबापत तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले पनि आफूले जस्तै प्रधानमन्त्री पद गुमाउनु परेको स्मरण गराए।
देशको राष्ट्रिय हित र स्वाभिमानको रक्षाका लागि पूर्वजहरूले ज्यान दिएरलडे, हामीले अडेमात्रै पनि पुग्ने उनको भनाइ थियो ।
News Desk 0 response सोमवार, साउन १६, २०७९

सम्बन्धित शीर्षकहरु
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३



