

-
काठमाडौं । सरकारले घोषणा गरेको भ्रमण वर्ष आउन ५ महिना मात्र बाँकी हुँदा पनि यसतर्फ न पर्यटन प्रवर्द्धनको जिम्मेवारीमा रहेको नेपाल पर्यटन बोर्डले ध्यान दिएको छ, न त भ्रमण वर्ष सचिवालयले नै। पर्यटकलाई नेपाल ल्याउने अन्तर्राष्ट्रिय एजेन्सीलाई लोभ्याउन नसकेकाले यसअघि दुई पटक मनाएका भ्रमण वर्षमा पनि लक्ष्य अनुसार पर्यटक नआएको यथार्थ छ । यसैले विगतबाट पाठ सिकी खर्च गर्ने क्षमतासहितका पर्यटकलाई आकर्षित गर्ने प्याकेज बनाउन ढिलाइ गर्न हुँदैन ।
दुइ वर्षअघि नै सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरे पनि राष्ट्रिय कार्यक्रम संयोजक नियुक्त गर्न एक वर्ष लाग्यो । नियुक्तिपछि पनि भ्रमण वर्षमा पर्यटकलाई आकर्षित गर्ने ठोस योजना ल्याउन सकेको छैन । भ्रमण वर्षमा यो वर्षभन्दा बढी पर्यटक किन नेपाल आउने ? पर्यटकलाई केके सुविधा र आकर्षण छन् भन्ने प्रश्नको जवाफ सरकारी अधिकारीहरूसँगै छैन । यतिसम्म कि भ्रमण वर्षलक्षित कुनै विशेष प्याकेज पनि बनाइएको छैन ।
पर्वतारोहण र साहसिक पर्यटनका लागि नेपाल संसारमै चिनिन्छ । तर २० लाख पर्यटक भित्र्याउने योजना भने निकै महत्वाकांक्षी हो । यो योजना सफल तुल्याउन प्रचारप्रसारले मात्र पुग्दैन, पर्यटकलाई नयाँ नयाँ सुविधा र छुटका प्याकेजसहित आकर्षित गर्न सक्नुपर्छ । तर उल्टै स्थानीय तहपिच्छे उठाउन थालिएको कर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढाइएको प्रवेश शुल्कले सकारात्मक भन्दा नकारात्मक सन्देश प्रवाह भइरहेको छ ।
News Desk 0 response मङ्लबार, साउन १४, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३



