

-
काठमाडौं : पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पेट्रोलियम ढुवानीको भाडा बढाउन नेपाल आयल नियमलाई आज आइतबार साँझसम्मको अल्टिमेटम दिएको छ। भाडा नबढे साउन २१ गतेबाट पेट्रोलियम पदार्थको ढुवानी ठप्प पार्ने महासंघले चेतावनी दिएको छ।
महासंघद्वारा जारी विज्ञप्तिमा बढेको पेट्रोलियम पदार्थको मूल्यअनुसार ढुवानी भाडा समायोजन नगरिँदा आफूहरुलाई नोक्सानी भएको जनाइएको छ। सञ्चालक समितिमा विचाराधीन भाडा समायोजनको मुद्दा आइतबारसम्म सम्बोधन नभए साउन २१ गतेबाट देशभरको पेट्रोलियम ढुवानी रोक्ने विज्ञप्तिमा विज्ञप्तिमा चेतावनी दिइएको छ।
महासंघले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। जसअनुसार ढुवानी भाडा वृद्धि नभए साउन १६ गतेबाट हवाई इन्धनको पीडीओ (अग्रिम खरिद अनुमति) नलिने र ढुवानी रोक्ने, साउन २० गतेबाट सबै खाले इन्धनको पीडीओ (अग्रिम खरिद अनुमति) नलिने र ढुवानी रोक्ने तथा साउन २१ गतेबाट देशैभरको पेट्रोलियम ढुवानी रोक्ने कार्यक्रम छ।महासंघले ३ देखि १० प्रतिशतसम्म भाडा वृद्धि हुनुपर्ने जनाएको छ।
महासंघले आफ्ना मागबारे शुक्रबार साँझ निगमलाई जानकारी गराइसकेको छ।
नियमले भने पेट्रोलियम पदार्थजस्तो संवेदनशील वस्तुको ढुवानी रोकिँदा अवस्था जटिल बन्ने भन्दै महासंघलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ।
News Desk 0 response आइतवार, साउन १५, २०७९

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



