

१६० नर्स चाहिने मानसिक अस्पतालमा १६ जना मात्र
७४ दरबन्दी मा २६ खाली । दैनिक ३ सय बिरामी पुग्ने अस्पतालमा जम्मा १६ जना नर्सको दरबन्दी छ । यो दरबन्दी पनि २०४० सालकै हो ।
-
काठमाडौं ।
केन्द्रीय मानसिक अस्पताल ३५ वर्षअघि स्थापना हुँदा ५० शैया थियो, जसमध्ये तीन वटा इमर्जेन्सीमा छुट्याइएको छ । अहिलेसम्म पनि अस्पतालले बेड सङख्या बढाउन सकेको छैन ।
दैनिक ३ सय बिरामी पुग्ने अस्पतालमा जम्मा १६ जना नर्सको दरबन्दी छ । यो दरबन्दी पनि २०४० सालकै हो ।
मानशिक अस्पतालले उपलब्ध गराएको तथ्यांक अनुसार एघारौं तहको चिकित्सकको ३ वटा दरबन्दी छ । कन्सलटेन्ट साइक्याट्रिकको ६ वटा दरबन्दी रहेकोमा १ जना मात्र कार्यरत छन् । ६ जना मेडिकल अधिकृतको दरबन्दी छुट्याइएपनि ३ जना मात्र कार्यरत छन् । कुल ७४ दरबन्दी मध्ये २६ खाली नै छ ।
११ जना रेजिडेण्ड चिकित्सकको भरमा अस्पताल चलिरहेको छ ।
बिरामीको चाप बढेर सेवा दिन गाह्रो भएपछि अस्पतालले एक वर्षअघि ‘ओएनएम’ सर्भे पनि गराएको थियो । अस्पतालको बेड सङख्या कम्तिमा ३ सय हुनुपर्ने, नर्स १६० र नर्सिङ अधिकृत ५२ जना चाहिने देखियो । डाक्टरसँगै अस्पतालको लागि नयाँ भवन र उपकरण ल्याउनुपर्छ भन्ने ‘ओएनएम’ सर्भे रिपोर्टमा उल्लेख छ । तर स्वास्थ्य मन्त्रालयमा बुझाइएको प्रतिवेदनबारे अहिलेसम्म कुनै जवाफ आएको छैन ।
News Desk 0 response सोमवार, साउन १३, २०७६

सम्बन्धित शीर्षकहरु
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३



