

-
नेपालगंञ्ज ।
जिल्ला प्रशासन कार्यालय, बाँकेले एक आर्थिक वर्षमा दुई करोड ३२ लाख ३८ हजार ४४३ रुपैयाँ राजस्व संकलन गरेको छ। प्रशासनले सबैभन्दा धेरै राजस्व राहदानी शुल्कबाट संकलन गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा राहदानीबाट दुई करोड १७ लाख २५ हजार रुपैयाँ सकंलन भएको छ। संघ संस्था दर्ता दस्तुरबाट ६ लाख ६८ हजार ५५० रुपैयाँ संकलन भएको छ। त्यसैगरी, न्यायिक दस्तुरबाट ६ लाख ५४ हजार २४३ रुपैयाँ, हातहतियार इजाजत पत्र दस्तुर बापत एक लाख ७६ हजार २५० र परीक्षा शुल्क बापत एक हजार आठ सय रुपैयाँ संकलन भएको सहायक प्रजिअ अर्यालले बताए। प्रशासनले १२ हजार ६०० पैयाँ बेरुजु उठाएको छ। प्रशासनले द्वन्द्वका बेला मृत्यु र बेपत्ताका आश्रित एउटा परिवारलाई दुई लाख ५० हजार रुपैयाँ प्रदान गरेको जनाएको छ। त्यसैगरी प्रतिपरिवार ६९ हजार ७५० रुपैयाँको दरले आठ जनालाई जीवन निर्वाह भत्ता बापत पाँच लाख ५८ हजार रुपैयाँ वितरण गरेको कार्यालयलले जनाएको छ। विस्थापित २७ परिवारलाई २१ लाख ९७ हजार ५०० र शहीद परिवारलाई जीवन निर्वाहका लागि ८४ हजार रुपैयाँ तथा पाँच जना टुहुरा बालबालिकालाई तीन लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरेको जानकारी दिए।
News Desk 0 response सोमवार, साउन १३, २०७६

सम्बन्धित शीर्षकहरु
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३



