

सेनासँग अख्तियार डरायो,दोषी अधिकारीको सम्पत्ति छानबिन भएन
सैनिक अदालतले गर्ने फैसलामा सैनिक मात्रै प्रयोग भएको हुन्छ । उसले गरेका अनियमितता गरेर कमाएको सम्पत्ती छानबिन गर्ने र त्यसको आधारमा फैसला सुनाउने अधिकार सैनिक अदालतलाइ हुँदैन । जबकी संविधानले सैनिक एेनले कार्वाही गरेको सैनिकको सम्पत्तिमाथि अनुसन्धान गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाइ दिएको छ ।
-
सेनालेनै दोषी देखाएका सैन्य अधिकारीलाई पनि अख्तियारले कार्वाही गर्न आनाकानी गरिरहेको छ । भ्रष्टाचार र पदीय दुरुपयोग नियन्त्रण गर्ने अख्तियारप्राप्त संवैधानिक निकाय नै यसरी कमजोर हुनु भनेको सुशासनका लागि गतिलो सन्देश होइन । संविधानले नै बलशाली बनाएको अख्तियार सेनाभित्र अनियमितामा भएको भनेर प्रमाणित भइसकेको घटनामा किन पस्नै चाहँदैन भन्ने प्रश्न महत्वपुर्ण छ ।
नेपाली सेनाको नेतृत्व सम्हाले लगत्तै प्रधानसेनापती पूर्णचन्द्र थापाले सैनिक जवान भर्नामा अनियमितता भएको थाहा पाएपछि एकै पटकमा एक सय ७३ जनालाइ सेवाबाट बर्खास्त गरे । जेठ महिनामा मात्रै ४९ रुपैयाँ हिनामिना गरेको अभियोगमा लेफ्टिनेन्ट कर्णेल केशवराज कार्की सैनिक अदालतको निर्णयपछि कैद सजाय भुक्तान गरिरहेका छन् । बितेको एक वर्षमा मात्रै सेनाका एक सय ८२ जना आर्थिक अनियमिताको आरोपमा वर्खास्तगीमा परिसकेका छन । तर सैनिक अदालतले गर्ने फैसलामा सैनिक मात्रै प्रयोग भएको हुन्छ । उसले गरेका अनियमितता गरेर कमाएको सम्पत्ती छानबिन गर्ने र त्यसको आधारमा फैसला सुनाउने अधिकार सैनिक अदालतलाइ हुँदैन । जबकी संविधानले सैनिक एेनले कार्वाही गरेको सैनिकको सम्पत्तिमाथि अनुसन्धान गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाइ दिएको छ । तर अख्तियारले संविधानप्रदत्त यो अधिकार प्रयोग गरेको रेकर्ड नै छैन ।बितेको एक वर्षमा थुप्रै अनुसन्धानमा सफलता पाएको बताउँदै आएको अख्तियारले सैनिक अदालतले नै आर्थिक अनियमितता गरेको भनेर सजायँ दिएका १ सय ८२ पूर्व सैनिकमध्ये कसैको पनि सम्पत्ति छानबिन गर्नै चाहेन । यो बिषयमा अख्तियारका अधिकारी बोल्न नचाहेको कान्तिपुरले पनि लखेको छ ।
News Desk 0 response आइतवार, साउन १२, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३



