

-
काठमाडौं । निजामती सेवाका उच्च ओहोदामा रहेका हाकिमले करार नीतिको व्यापक उल्लंघन गर्दै आफूनिकट हजारौं व्यक्तिलाई अनावश्यक रूपमा सरकारी सेवामा भर्ना गरिरहेको समाचार छ ।समाचार अनुसार, हाकिमहरूले सेवा करारको नाममा करिब ३२ हजार कर्मचारीलाई जागिर खुवाएको तथ्य अर्थ मन्त्रालयले उजागर गरेको छ । आफूखुसी भर्ना गरिएका त्यस्ता कर्मचारीलाई तलब खुवाउन मात्रै वार्षिक पाँच अर्ब ५६ करोड खर्च हुने गरेको अर्थले जनाएको छ । मन्त्रालयका सचिव, सहसचिव, विभागका महानिर्देशक, निर्देशक, आयोग, नियोगका पदाधिकारी, उच्च कर्मचारी तथा अन्य कार्यालय प्रमुखले करार नीतिको ठाडो उल्लंघन गर्दै हजारौं व्यक्तिलाई सरकारी सेवामा भर्ना गर्ने गरेको पाइएको हो ।
अन्नपूर्ण आफ्नो खबरको अगाडि लेख्छ- उनीहरूले अहिले पनि तजबिजीमा कम्प्युटर अप्रेटर, सवारी चालक, कार्यालय सहयोगीलगायत पदमा धमाधम कर्मचारी भर्ना गरिरहेका छन् । हाल ३२ हजारको संख्यामा रहेका त्यस्ता कर्मचारी अझै बढ्न सक्ने अर्थ मन्त्रालयको आकलन छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको आर्थिक स्थिति समेटेर शुक्रबार जारी गरेको श्वेतपत्रमा पनि निजामती सेवाका कार्यालय प्रमुख तथा उच्च अधिकारीले सेवा करार नीतिको व्यापक उल्लंघन गर्दै अनावश्यक कर्मचारी राख्ने गरेको उल्लेख गरेका छन् ।
अर्थ मन्त्रालयका अनुसार अनावश्यक रूपमा कर्मचारी भर्ना गरिएका कार्यालयमा स्थायी रूपमै पर्याप्त कम्प्युटर अप्रेटर, कार्यालय सहयोगी र चालक छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अब त्यसरी अनावश्यक रूपमा करारमा कर्मचारी राख्ने प्रवृत्तिमा रोक लगाइने बताएको अन्नपूर्णको समाचारमा उल्लेख छ ।
News Desk 0 response आइतवार, चैत्र १८, २०७४

सम्बन्धित शीर्षकहरु
-
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३ -
हावाहुरीले ढालेको रुखले च्यापिएर रोल्पामा २ जनाको..
मङ्लबार, जेष्ठ १२, २०८३ -
प्रधानमन्त्री एक हप्ताभित्रै संसदमा उपस्थित हुने :..
मङ्लबार, जेष्ठ १२, २०८३ -
अमेरिकासँग तत्काल सम्झौता हुँदैन : इरान
सोमवार, जेष्ठ ११, २०८३ -
सगरमाथा शिखरमा पुग्ने आरोहीको सङ्ख्या ९०० नाघ्यो
सोमवार, जेष्ठ ११, २०८३
-
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३ -
हावाहुरीले ढालेको रुखले च्यापिएर रोल्पामा २ जनाको..
मङ्लबार, जेष्ठ १२, २०८३ -
सगरमाथा शिखरमा पुग्ने आरोहीको सङ्ख्या ९०० नाघ्यो
सोमवार, जेष्ठ ११, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
पूर्व-पश्चिम विद्युतीय रेलमार्गः साढे ९ खर्ब लागत,..
सोमवार, जेष्ठ ११, २०८३
-
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
सोमवार, जेष्ठ ४, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३ -
चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २०..
बुधबार, जेष्ठ ६, २०८३



