

केन्द्रीय कारागारमा जबर्जस्ती करणी
चोरी मुद्दाका मनोज नेपाली, आशिष कार्की, लोके भनिने अजय मगर र जबर्जस्ती करणीका अभियुक्त अनिल श्रेष्ठ पनि छन् । यी चारैजना कल्कलाउँदा केटा हुन् । नाइकेहरूले राति–राति धर्ना बसेर पत्ता लगाउने क्रममा यिनीहरु रातको ११ बजेपछि पालैपालो यामबहादुरको कोठामा पसी १÷२ बजेपछि मात्र निस्कने गरेको पाइयो । दिनहुँ मदिरा सेवन गरी आउने र केटाहरूलाई कोठामा बोलाएर जबर्जस्ती समलिंगी र अप्राकृतिक सम्बन्ध राख्ने गरेको तथ्य नाइकेहरूले पत्ता लगाए । चारै जना केटा पीडित र थकित देखिन्छन् ।
-
काठमाडौं ।
सुधारगृह बन्नुपर्ने कारागारमा पश्चाताप गर्न पठाइएका मानिसहरूले नयाँ अपराध सिकेर बाहिरिने गरेको पाइएको छ । मुलुककै प्रमुख र व्यवस्थित मानिएको राजधानीको जगन्नाथ देवलस्थित केन्द्रीय कारागारमा हालै नयाँ शैलीको अपराध र विकृति देखियो । कैदी भएर पनि बाहिर आउजाउको सुविधा पाएका नाइकेहरू यमबहादुर केसी र सुरेश अर्याल प्रायः साँझ मादक पदार्थमा लठ्ठ भई राति मात्र निवासतिर पुग्ने क्रममा असार १३ गते नजिकैबाट अनौठा आवाज आएपछि आधा दर्जनजति नाइके सतर्क भए । आवाज पछ्याउँदै जाँदा ८ नम्बर ब्लकको कोठाछेउ पुगे । यामबहादुरको कोठाछेउ झ्यालको पर्दा थोरै खुलेको तथा प्लाईले बारेको ठाउँबाट पीडायुक्त आवाज आइरहेपछि तथ्य पत्ता लगाएरै छाड्ने मनसायसहित बाहिरै कुरी बसे । आधा घण्टाजति पछि त्यहाँबाट दुई केटा असजिलो मान्दै बाहिरिए र आफ्नो ब्लकतिर लागे । यो क्रम दिन बिराएर वा ३-४ दिनको अन्तरालमा दोहोरिइरह्यो ।
News Desk 0 response बुधबार, साउन १, २०७६
त्यहाँ चोरी मुद्दाका मनोज नेपाली, आशिष कार्की, लोके भनिने अजय मगर र जबर्जस्ती करणीका अभियुक्त अनिल श्रेष्ठ पनि छन् । यी चारैजना कल्कलाउँदा केटा हुन् । नाइकेहरूले राति–राति धर्ना बसेर पत्ता लगाउने क्रममा यिनीहरु रातको ११ बजेपछि पालैपालो यामबहादुरको कोठामा पसी १÷२ बजेपछि मात्र निस्कने गरेको पाइयो । दिनहुँ मदिरा सेवन गरी आउने र केटाहरूलाई कोठामा बोलाएर जबर्जस्ती समलिंगी र अप्राकृतिक सम्बन्ध राख्ने गरेको तथ्य नाइकेहरूले पत्ता लगाए । चारै जना केटा पीडित र थकित देखिन्छन् ।
केन्द्रीय कारागारमा जम्मा ९ वटा ब्लक छन् । यीमध्ये पीडित मनोज र अजय ७ नम्बरमा, अनिल ३ र आशिष ६ नम्बर ब्लकमा बस्छन् । यिनीहरूलाई राति नै आउटर सुरेश र यामले रक्सीले मातेर अवैध सम्बन्धका लागि लाने गरेको बताइन्छ । ८ नम्बर ब्लक नाइकेहरू मात्र सुत्ने ठाउँ हो । अरु नाइकेहरू सामुहिक रूपले कोठामा बस्ने गरे पनि यामबहादुरको भने बेग्लै कोठा ८ नम्बर ब्लकमै छ । उनको कोठा चारैतिरबाट बारिएको र भित्रबाट लगाउन मिल्ने भएकाले कम्पाउण्डतर्फको झ्यालबाट मात्र भित्र देख्न सकिन्छ । नाइकेहरूले दुई महिनादेखि नै फरक खालको व्यवहारको भेउ पाए पनि यस्तो दर्दनाक अवस्था भने असार १३ गते मात्र देखेका हुन् ।
चारैजना केटालाई अरू नाइकेले फकाएर सोध्दा उनीहरूले आफूहरू सधैं जबर्जस्तीमा पर्ने गरेको भन्दै मर्नु न बाँच्नुको अवस्थामा रहेको बताए । सुरेश र यामले भनेको नमानेमा चलानी पठाइदिन्छु भन्दै कहिलेकाहीं पिट्नेसमेत गरेको दुखेसो पोखेका छन् । असार १४ गते बिहान पनि यही प्रसंग उठाउँदै ८ नम्बर ब्लक छेउमै बसी आधा दर्जन नाइकेले गफ गरिरहेका बेला सुरेशले किन एकै ठाउँमा बसेको भनी हप्काएर तितरवितर पारेका थिए ।
१४ गते बेलुका १० बजे सुरेश र यामबहादुर रक्सीले मात्तिई ८ नं. ब्लकमा बस्ने गरेका ५-६ जना नाइकेलाई पिट्न थालेपछि होहल्ला भयो, त्यसपछि माथिबाट चौकीदार आइतराम तामाङ र प्रभाकर राना हेर्न जाँदा दुवै जनाले हामीले खायौं, सम्बन्ध राख्यांै, कसलाई के मतलव भनी कराएको बताइन्छ । यस क्रममा आउटर केसी केरकारको जीवन सापकोटा मेरो भाइ हो, उसले रक्सी ल्याइदिन्छ, हामी खान्छांै अरूलाई के मतलव भन्दै थिए । यस्तो कुरा बाहिर आउनु हुँदैन भनी प्रभाकरले १५ र १६ गते यी दुई भाइलाई कारबाहीस्वरूप भित्रै प्याक गर्न लगाएका छन् । सुरेश अर्याल पहिला सेन्ट्रल जेलको सानो बैदार हुन् । उनलाई हाल यो पोस्टबाट हटाएर टेलिफोन सहायक नाइके बनाइएको छ, केसीलाई भने केही कारबाही गरिएको छैन ।
१६ गते बेलुका जो–जोसँग अवैध सम्बन्ध राखेका थिए, तिनीहरूलाई बोलाई चौकीदारको रुममा लगेर प्रभाकरले कसैले सोधपुछ गर्न आए केही भएको छैन भन्नु नत्र हातखुट्टा भाँची गोलघरमा हालिदिन्छु, चौकीदार मेरो दाइ हो, थाहा होला नि भनी नाइकेहरूलाई थर्काएका छन् । यति ठूलो हर्कत जेलमा हुँदासम्म चौकीदारले जेलर तथा डिएसपीलाई केही खबर गरेका छैनन् । केसीको जेलभित्र होटल छ, त्यसमा अण्डा सप्लाई गर्ने विभिन्न व्यक्तिको लाखांै रुपैयाँ दिन बाँकी रहेको र माग्न जाँदा सकेको गर भनी थर्काउने गरेको कालिञ्चोक खड्का बेकरी उद्योगका सञ्चालक बताउँछन् । हालसम्म उनले लिन बाँकी रहेको रकम ७ लाख ५० हजार रहेको तर दिन अनेक बहाना गरी थर्काउने, धम्क्याउने गरेको आरोप छ ।
यसरी पीडित हुनेमा नकुल तामाङ ३ लाख ५० हजार, देवन गुरुङ ३ लाख ५० हजार, भिखारी खान एक लाख, राजु ढकाल एक लाख, साइकलमा भक्तपुरदेखि अण्डा ल्याएर दिने एक व्यक्तिको एक लाख ५० हजार र जेलमा तरकारी ल्याउने एक जना भाउजूको ५० हजार रहेको छ । सुरेश अर्यालले ९ नम्बर भान्सा चलाउँदै आएका छन् । अजय मगर उनकै भान्सामा काम गर्ने व्यक्ति भएकाले राति १÷२ बजे भान्सामा गई समलिंगी सम्बन्ध राख्ने गर्छन् । शिवशंकर लामा टेलिफोन नाइके भएकाले भित्रको सबै फोन उनको जिम्मामा हुन्छ, उनी अर्काकी श्रीमती तथा आफन्तसँग ५÷६ घण्टा फोन गरी समय बिताउनेमध्ये हुन् ।
यो देशमा कानुनी राज्य छ भने यथाशक्य चाँडो यस घटनाको छानबिन गरी यथार्थ विवरण बाहिर ल्याउन सम्पूर्ण कैदीबन्दीको जोडदार माग छ । यस विषयमा गृह मन्त्रालय तथा प्रधानमन्त्रीको समेत ध्यानाकर्षण हुनुपर्ने देखिन्छ ।
-जनआस्थाबाट

सम्बन्धित शीर्षकहरु
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन ७ प्रतिशतभन्दा धेरैले घट्यो
सोमवार, बैशाख २१, २०८३-
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३ -
भूमि आयोग खारेज !
मङ्लबार, बैशाख २२, २०८३ -
युएईको सरकारी तेल ट्यांकरमा आक्रमण, खाडी क्षेत्रमा..
मङ्लबार, बैशाख २२, २०८३ -
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३
-
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३ -
भूमि आयोग खारेज !
मङ्लबार, बैशाख २२, २०८३ -
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३ -
नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा
सोमवार, बैशाख २१, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



