

-
सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकका १२ वटा स्थानीय तहमध्ये हेलम्बु गाउँपालिकाल चालू वर्षको विकासको योजना सम्पन्न गरेको थियो। अन्य स्थानीय तहहरूले करिब ६० प्रतिशतदेखि ९० प्रतिशतको हाराहरीमा विकास बजेट खर्च गरेका छन्। स्थानीय तहहरूलाई चालू वर्षको बजेट सक्न र आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमलाई भ्याइनभ्याई भइरहेको छ। सिन्धुपाल्चोक जिल्लाको ठूलो चौतारा साँगाचोकगढी नगरपालिकाका हो। हालसम्म यस नगरपालिकाले ९८ प्रतिशत बजेट खर्च गरिसकेको छ । सडक निर्माण, कालेपत्रेका, शिक्षा स्वास्थ्य खानेपानी, पर्यटन पूर्वाधारदेखि चियाखेती लगाउनको लागि समेत नगरपालिकाले बजेट खर्चेको छ।
मेलम्ची नगरपालिकाले नगरविकास गुरुयोजनाका तयार गरेर विकास कार्यक्रममा जोड दिइरहेको छ । मेलम्ची र बाह्रबिसे नगरपालिकाले पनि परम्परागत रूपमा शिक्षा, स्वास्थ्य, सडक पूर्वाधारमा केन्द्रित भएर बजेट खर्च गरेको छ। इन्द्रावती गाउँपालिले चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट सडक निर्माण तथा सुधार, काठेपोल हटाई सुरक्षित विद्युतीकरण कार्यक्रम संचालन एवं विभिन्न किसिमका विकास योजनाका साथै गाउँपालिकालाई पेपरलेस गाउँपालिका निर्माणको अभियानमा जुटेको छ । शैक्षिक सुधारका लागि शिक्षक व्यवस्थापन कार्यक्रमलाई कडाइका साथ लागू गरेपछि पढाइको स्तर सुध्रिएको, पालिकाभर प्रसूति सेवालाई सहज पार्ने कार्यक्रमअन्तर्गत हालसम्म ६ वटा बर्थिङ सेन्टर संचालन गरिएको, आयआर्जनमा सुधार ल्याउन अलैँचीखेती विकास कार्यक्रम र आलुखेतीलाई बढावा दिन कोल्डस्टोर सञ्चालन, शहीद पार्क निर्माण लगायतका विकास कार्यक्रमहरूलाई जोड दिएको त्रिपुरासुन्दरी गाउँपालिलले जनाएको छ ।
पाँचपोखरी थाङपाल गाउँपालिकामा संघीय सरकारबाट बजेट समयमा नआएका कारण हालसम्म ८० प्रतिशत मात्र काम भएको छ । बताए। भ्रष्टाचाररहीत गाउँपालिका बनाउने अभियानमा जुटेको उल्लेख गरे। सिन्धुपाल्चोकका बलेफी, जुगल, सुनकोशी, भोटेकोशी, लिसंखुपाखर गाउँपालिकाले पनि करिब ८० प्रतिशतभन्दा धेरै बजेट चालु आर्थिक वर्षको खर्च गर्न नसकेको अभिलेख देखिन्छ ।
चीनसँग सिमान जोडिएको भोटेकोशी गाउँपालिकाले भने बैदेशिक समन्वयलाई प्राथमिकतामा राखेको छ । साथै जल जंगल र जमिनको भरपुर उपयोग गर्दै विकास गर्ने योजना सार्वजनिक गरेको छ ।
News Desk 0 response शुक्रबार, असार २७, २०७६

सम्बन्धित शीर्षकहरु
-
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३
-
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३






