

मालपोत अभिलेखमा सार्वजनिक तर जग्गा ब्यक्तिको नाममा
महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षणका क्रममा मालपोतका कर्मचारीको बदमासी फेला पारेको थियो । तर, यस बारे कुनै कार्वाही अघि बढेको छैन । भूमि व्यवस्था विभाग र मन्त्रालयका अधिकारी चुपचाप छन् ।
-
काठमाडौं ।
मालपोत कार्यालय डिल्लीबजारको अभिलेखमा सरकारी वा सार्वजनिक भनेर उल्लेख भएको जग्गानै बैंक, फाइनान्स तथा व्यक्तिको नाममा भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षणका क्रममा मालपोतका कर्मचारीको बदमासी फेला पारेको थियो । तर, यस बारे कुनै कार्वाही अघि बढेको छैन । भूमि व्यवस्था विभाग र मन्त्रालयका अधिकारी चुपचाप छन् । अभिलेखमा सार्वजनिक भनेर उल्लेख जग्गा व्यक्ति र संस्थाको नाममा किन राखियो भनेर सोधेको प्रश्नमा जिम्मेवार निकायका कुनै अधिकारीले जवाफ दिन मानेका छैनन् । सार्वजनिक जग्गामध्ये डेढ सय रोपनी जग्गा बैंक, फाइनान्स तथा व्यक्तिको नाममा राखेको भेटिएको छ । मालपोतले २०६४ सालमा संकलन गरेको विवरणमा रोड शो रियलस्टेटको नाममा २२ रोपनी, एसओएस बालग्राम र रसियन फेडेरेसनको नाममा १३÷१३ रोपनी, नमस्ते कार्पेट र सुइटी होटलको नाममा ६ ÷ ६ रोपनी सार्वजनिक जग्गा भएको उल्लेख छ । यस्तै स्याकार कम्पनीको नाममा ५ रोपनी, माइती नेपाल र मारवाडी सेवा समाजको नाममा देखाइएको २ ÷ २ रोपनी जग्गा पनि सार्वजनिक हो । मालपोतमा सार्वजनिक जग्गामा अभिलिखित १८ रोपनी जग्गा नारायण देवी नामक व्यक्तिको बनाइएको पाइएको छ । अभिलेखमा सरकारी वा सार्वजनिक भए पनि काठमाडौंका विभिन्न स्थानको मूल्यवान डेढ सय रोपनी जग्गामा ४ दर्जन कम्पनी, संस्था र व्यक्तिको नाममा कायम गर्ने मालपोतका कर्मचारीको नियतमाथि नै प्रश्न उठाएको छ ।
सरकारले सार्वजनिक जग्गा अतिक्रमणका विषयमा छानबिन गर्न गठन गरेको आयोगले मालपोत कर्मचारीको यो बदमासीलाई छानबिनको दायरामा ल्याउन छ या ल्याउँदैन प्रतिक्षाको बिषय छ ।
News Desk 0 response मङ्लबार, असार २४, २०७६

सम्बन्धित शीर्षकहरु
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
ईयुद्धारा एलन मस्कको कम्पनी एक्सलाई १४० मिलियन..
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
१९ वटा देशबाट अमेरिकामा आवास अनुमति पाएकाहरुमाथि..
शुक्रबार, मंसिर १३, २०८२



