• काठमाडौं : सरकारले पेट्रोलियम पदार्थको मूल्यमा एकैपटक भारी वृद्धी गरेको छ ।

    नेपाल आयल निगमले डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य बढाएको छ । बढेको मूल्य गएराति १२ बजेदेखि लागू भइसकेको छ ।

    यससँगै एक लिटर पेट्रोलको मूल्य १ सय ९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजल र मट्टीतेल किन्न १ सय ९२ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

    निगमले हवाई इन्धनमा पनि आन्तरिकतर्फ १९ रुपैयाँले बढाएर १ सय ८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने एक सय अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।

    खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जनाएको छ।