• काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार पनि शेयर घटेको छ । आज पनि बजार आज ३७.२७ अंकले ओरालो लागेर नेप्से परिसूचक १९३४.११ को विन्दुमा झरेको छ।

    राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.२९ अंकले घटेर ३७३.८५ को विन्दुमा अडिएको छ। कारोबार रकम १ अर्ब रुपैयाँ बढीको भएको छ।

    आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन जलविद्युत समूह सर्वाधिक ३.८५ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ३.६६ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.९२ प्रतिशत, व्यापार समूहमा १.९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.८४ प्रतिशत, वित्त समूहमा ३.५९ प्रतिशत, निर्जीवन बीमा समूहमा १.९२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.६८ प्रतिशत, अन्य समूहमा ३.६२ प्रतिशत, लघुवित्त समूहमा १.५४ प्रतिशत, जीवन बीमा समूहमा १.३२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ३.१ प्रतिशत र लगानी समूहमा २.२७ प्रतिशतको गिरावट आएको छ।

    यस दिन नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रुपैयाँमा किनबेच भएका छन्।

    यो दिन नेपाल टेलिकमको सर्वाधिक १० करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनसीसी बैंकको ५ करोड ६४ लाख रुपैयाँबराबरको कारोबार भएको आज सेन्चुरी कमर्सियल बैंकको ४ करोड ८२ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड ७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड २४ लाख रुपैयाँ, लक्ष्मी बैंकको ३ करोड २१ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २ करोड ६८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २ करोड ५९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड ५४ लाख रुपैयाँ र अप्पर तामाकोशीको २ करोड ७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

    त्यस्तै आज आँधिखोला लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको शेयरमूल्यमा १० प्रतिशतको बढेर पोजिटिभ सर्किट लागेको छ।

    यो दिन रिभर फल्स पावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको शेयरमूल्यमा १० प्रतिशतको हाराहारीको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।