• काठमाडौं : लगानी बोर्डले दुई वटा जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न २५ अर्ब ९२ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ ।

    आज सोमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बोर्ड बैठकले सय मेगावाटको तामाकोसी ‘भी’ र ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाका लागि २५ अर्ब ९२ करोड रुपैयाँ स्वीकृत गरेको हो । दोलखामा रहेको तामाकोसीका लागि १६ अर्ब ४५ करोड ९८ लाख र म्याग्दीमा रहेको राहुघाटका लागि नौ अर्ब ४७ करोड ३० लाख रुपैयाँ लगानी स्वीकृत भएको हो ।

    यस्तै बैठकले सात सय ५० मेगावाट विद्युत् क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजना बनाउनेबारेमा छलफल गरेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए ।