

कर्मचारीलाई केरकारनै गलत !
वहालवाला मन्त्रीको बचाउमा लाग्दा पूर्वमन्त्रीबाट हप्काई खाएका सचिवको पक्षमा पूर्वप्रशासकहरु देखिएका छन् । उनीहरुले यसरी संसदीय समितिमा प्रशासनिक ब्यक्तिलाई बोलाएर केरकार गर्नुलाई गलत भनेका छन् । पूर्व प्रशासक शारदाप्रसाद त्रितालले यसलाई विडम्बना ! भन्दै साँसदहरुको कामलाई गलत भनेका छन् । उनले भने,–‘सामाजिक सञ्जालमा गालि गलौजका शब्द प्रयोग भए भनेर सरकारले समाजमा मर्यादा कायम गर्न कडा कानून बनाउन विधेयक ल्याउँछ । साँसदहरु आफैं भने तल्लो स्तरमा उत्रेर अमर्यादित शब्दहरुको प्रयोग गर्न उद्यत देखिन्छन् ।’
-
काठमाडौं ।
लोकसेवा बिधेयकका बारे संसदीय समितिमा सांसदहरुलाई बुझाउन खोज्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोईरालालले हप्किदप्की खाए । पूर्वगृहमन्त्री जनार्दन शर्माले सचिवलाई कार्यक्षेत्र भन्दा अघि बढेर बोलेको भन्दै हप्काएपछि बिभिन्न खालका प्रतिकृया आएका छन् । नीति नियमका बिषयमा जानकारी गराउनु पर्ने स्थायी सरकारका प्रतिनिधि सचिवले पटक÷पटक मन्त्री भएका ब्यक्तिलाई पढाउन खोजेकाले मानमर्दन भएको पूर्वमन्त्रीको आशय थियो । त्यसोत समितिका सभापति शशी श्रेष्ठले सचिवले कार्यक्षेत्र नाघेको आशयका साथ रुलिङनै गरेकी थिईन् । वहालवाला मन्त्रीको बचाउमा लाग्दा पूर्वमन्त्रीबाट हप्काई खाएका सचिवको पक्षमा पूर्वप्रशासकहरु देखिएका छन् । उनीहरुले यसरी संसदीय समितिमा प्रशासनिक ब्यक्तिलाई बोलाएर केरकार गर्नुलाई गलत भनेका छन् । पूर्व प्रशासक शारदाप्रसाद त्रितालले यसलाई विडम्बना ! भन्दै साँसदहरुको कामलाई गलत भनेका छन् । उनले भने,–‘सामाजिक सञ्जालमा गालि गलौजका शब्द प्रयोग भए भनेर सरकारले समाजमा मर्यादा कायम गर्न कडा कानून बनाउन विधेयक ल्याउँछ । साँसदहरु आफैं भने तल्लो स्तरमा उत्रेर अमर्यादित शब्दहरुको प्रयोग गर्न उद्यत देखिन्छन् ।’
News Desk 0 response सोमवार, असार १६, २०७६
साँसदले सचिवलाई गरेको ब्यवहारका बिषयमा उनले कडा किसिमले सामाजिक सञ्जालमा लेखेका छन् । उनी लेख्छन्,– ‘संसदीय समितिहरुमा छलफलको लागि सम्बन्धित मन्त्रालयका प्रशासकहरुलाई बोलाइन्छ । तर, प्राविधिक कुरामा प्रशासकले बोलेका कुरामा आपत्ति जनाउँदै त्यहीं झाँको झारिन्छ । प्रशासकलाई बोलाउने परिपाटी नै बन्द गरे हुने नि विद्वान सांसदहरुले ।’ त्यसोत उनका कुरालाई समर्थ गर्दै पूर्वप्रशासक भीम उपाध्यायले राजनीतिक थलो संसदमा कर्मचारी बोलाउन बन्द हुनु पर्ने तर्क अघि सारेका छन् । उनले भने,–‘सबै जवाफ राजनीतिक पदाधिकारी अथवा मन्त्रीले नै दिनुपर्छ, यो मेरो माग रहदै आएको छ ।’ उनीहरुलाई सामाजिक सञ्जालमा समर्थन गर्ने धेरै छन् । राजनीतिक नेताले प्रणाली बिगारेको भनेर टिप्पणी गर्नेहरु धेरै देखिएका छन् ।
प्रत्यक्ष निर्वाचित सांसद भए त उनीहरुको कृयाकलाप हेरेर अर्को चुनावमा नतिजा भेट्न सक्छन् तर ‘पार्टीलाई सहयोग गरेको, समानुपातिकमा परेको’ सांसद त जनता भन्दा धेरै ठूला भइहाले नि ! तिनले जे जस्तो भाषा प्रयोग गरेनि कसले के गर्न सक्छ र ? भन्दै सार्वजनिक सञ्जालमा राजनीतिक नेतालाई गाली गर्ने धेरै देखिएका छन् ।
पूर्व प्रशासक प्रकाशकुमार सुवेदीले देशकै अभिशापका रुपमा चित्रण गर्दै नेपालमा हालसम्मको चलन यस्तै रहेको बताएका छन् । उनले भने, ‘कम अनुभवीले बढी अनुभवीलाई हप्काउने । अझ् चित्त नवुझे कानून वनाएर जागिर नै खाइदिने रे ।’
शारदा प्रसाद त्रिलाललाई आदर्श ठान्ने एक युवा राजकुमार राईले टिप्पणी गरेका छन्, ‘यसलाई ठेट नेपालीमा भनिन्छ सानालाई ऐन नियम संविधान ठूलालाई चैन ।’
जनप्रशासन पाक्षिकवाट

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



