• काठमाडौं : मैत्रीपूर्ण अभ्यास खेलमा नेपाली राष्ट्रिय फुटबल टोली ओमानसँग पराजित भएको छ ।

    कतारको सुहिम बिन हामद मैदानमा गएराति भएको खेलमा नेपाल ओमानसँग २–० गोलले पराजित भएको हो ।

    ओमानका ओमार अल मलिकी र इशाम अल सुभीले एकरएक गोल गरे । एएफसी एसियन कप छनोट अघि दोहामा तयारी गरिरहेको नेपालले तेस्रो अभ्यास खेलमा ओमानसँग खेलेको हो । यसअघि नेपालले टिमोर लिस्टेको २३ वर्षमुनिको टोलीसँग २र२ गोलको बराबरी खेलेको थियो ।

    यस्तै श्रीलङ्कासँग १–१ को बराबरी खेलेको थियो । नेपाली टोली कतारबाट कुवेत जानेछ । एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालले आउँदो बुधवार जोर्डनसँग, २८ गते शनिवार कुवेतसँग र ३१ गते मङ्गलवार इन्डोनेसियासँग खेल्नेछ ।

    हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली एसियन कप–२०२३ मा छनोट हुने छन् ।