

-
काठमाण्डौ : मन्त्रीपरिषदले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने प्रक्रियालाई अगाडि बढाउन मातहतका मन्त्रालयलाई निर्देशन दिएको छ ।
जेठ १० गतेको मन्त्रीपरिषद बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर केही घटाएर उपभोक्तालाई राहत दिन सैद्धान्तिक सहमति दिएको र सोअनुसारको तयारी अगाडि बढाउन अर्थमन्त्रालयलाई जिम्मा दिएको हो ।
उच्च स्रोतकाअनुसार पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर र भन्सार दरबाट प्रतिलिटरमा न्यूनतम रु. १० सम्म घट्नसक्छ । अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्वाधार कर प्रतिलिटर रु. ५ र भन्सार दर रु. १० ले बढाएका थिए । बढेपछि पूर्वाधार कर लिटरमा १० रुपैयाँ पुगेको थियो । पूर्वाधार कर सबै हटाएर समेत मूल्यमा सहुलियत दिने विषयमा समेत छलफल भइरहेको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि अन्तराष्ट्रिय बजारमा मूल्य अचाक्ली बढेसँगै नेपालमा समेत त्यसको प्रभाव पर्ने गरेको छ । नेपालले भारतबाट आयात गर्ने पेट्रोलियम पदार्थको मूल्य पछिल्लो केही सातामै अचाक्ली बढिसकेको छ । अहिले पेट्रोल लिटरको रु. १८० र डिजल तथा मट्टितेल लिटरको १६३ रुपैयाँ छ।
भारतबाट आयात हुने दरमा विभिन्न खालका कर समावेश भएका कारण सर्वसाधारणलाई निकै मार परेपछि यसको चौतर्फी विरोध भइरहेको छ । अहिले पेट्रोल प्रतिलिटरमा रु. ६३ कर मात्रै बुझाउनुपर्ने अवस्था रहेको छ ।
News Desk 0 response शुक्रबार, जेष्ठ १३, २०७९

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



