

-
काठमाडौं : हालसम्म ७३४ स्थानीय तहको नतिजा आउँदा काँग्रेस पहिलो पार्टी बनेको छ । सो पाटीले प्रमुखमा १३४ तथा गाउँपालिका अध्यक्षमा १८७ स्थानमा जित हासिल गरेको छ । अझै पनि काँग्रेसले ५ पालिकामा अग्रता कायमै राखेको छ ।
यस्तै एमाले दोस्रो पार्टी बनेको छ । एमालेले प्रमुखमा ७७ तथा गाउँपालिकामा १२३ स्थान जितेको छ। एमालेले अझै पनि ५ प्रमुख पदमा अग्रता कायमै बनाएको छ । यसैगरी तेस्रो स्थान हासिल गरेको माओवादी केन्द्रले २४ प्रमुख र ९६ अध्यक्ष पद जितेको छ । माओवादीको अझै २ स्थानमा अग्रता रहेको छ ।
अन्तिम परिणाम आउन बाँकी १७ स्थानीय तह:
१. बौधीमाई नगरपालिका, रौतहट (मतगणना जारी)
२.तुल्सीपुर उपमहानगरपालिका, दाङ (मतगणना जारी)
३. पोखरा महानगरपालिका, कास्की (मतगणना जारी)
४. महाराजगन्ज नगरपालिका, कपिलवस्तु (मतगणना जारी)
५. तिलोत्तमा नगरपालिका, रुपन्देही (मतगणना जारी)
६. कोटहीमाई नगरपालिका, रुपन्देही (मतगणना जारी)
७. भरतपुर महानगरपालिका, चितवन (गणना अन्तिम चरणमा, माओवादी जित नजिक)
८. काठमाडौं महानगरपालिका, काठमाडौं (मतगणना जारी)
९. ललितपुर महानगरपालिका, ललितपुर (मतगणना जारी, काँग्रेस जित नजिक)
१०. वीरगन्ज महानगरपालिका, पर्सा (मतगणना जारी, जसपा जित नजिक)
११. पचरौता नगरपालिका, बारा (मतगणना जारी)
१२. कटारी नगरपालिका, उदयपुर (मतगणना जारी)
१३. गौरीगंज गाउँपालिका, झापा (मतगणना जारी)
१४. मेचीनगर नगरपालिका, झापा (मतगणना जारी)
१५. गोलबजार नगरपालिका, सिरहा (मतगणना जारी)
१६. गढीमाई नगरपालिका, रौतहट (मतगणना जारी)
१७. फतुवा विजयपुर नगरपालिका, रौतहट (मतगणना जारी)हालसम्म मतगणना सुरु नभएको स्थानिय तह:
१. बुढीगंगा नगरपालिका, बाजुरा (गणना सुरु नभएको)
२. त्रियुगा नगरपालिका, उदयपुर (विवादका कारण मतगणना रोकिएको)निर्वाचन आयोगका अनुसार मतदानमा धाँधली भएको भन्दै दलहरुले बुढीगंगा नगरपालिकामा मतगणना सुरु भएको छैन । त्यहाँ धाँधली भएकाले पुनः निर्वाचन हुनुपर्ने माग समेत उठेको छ ।
यस्तै त्रियुगामा नगरपालिकाको वडा नम्बर १२ को जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रको चुनाव वैशाख ३० गते पुनः मतदान हुने भन्दै स्थगित गरिएकोले मतगणना गर्न सकिएको छैन ।
News Desk 0 response मङ्लबार, जेष्ठ १०, २०७९

सम्बन्धित शीर्षकहरु
-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


