• कास्की : पोखरा महानगरपालिकामा अहिलेसम्म १ लाख ३४ हजार ३ सय ५१ मतगणना भईसकेको छ । प्राप्त पछिल्लो मत परिणाम अनुसार गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार नेकपा समाजवादीका धनराज आचार्यले ५४ हजार ६ सय ७८ मत पाएका छन् । त्यस्तै मेयर पदका प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ४९ हजार ७ सय ८६ मत पाएका छन् । आचार्य थापाभन्दा ४ हजार ८ सय ९२ मतले अगाडि देखिन्छन् ।

    यस्तै, उपमेयरतर्फ नेकपा एमालेकी मञ्जुदेवि गुरुङको अग्रता कायमै छ । उनीले ५६ हजार ९ सय ६६ मत पाएकी छिन् भने नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५२ हजार ९ सय ५९ मत पाएकी छिन् । रानाभाट ४ हजार ७ मतले गुरुङलाई पछ्याइरहेकी छिन् । ।