• चितवन : चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अगाडि रहेकी छिन् ।

    पछिल्लो मत परिणामअनुसार दाहालले ९ हजार ६ सय ३१ र सुवेदीले ८ हजार १ सय १९ मत प्राप्त गरेकी छिन् । दाहाल सुवेदीभन्दा १५ सय १२ मतले अगाडि छिन् ।

    यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ३ सय ६० मत ल्याएका छन् । भरतपुरको अहिलेसम्म २६ हजार ६ सय २६ मत गणना भएको छ ।

    यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी अगाडि छन् ।

    उनले अहिलेसम्म ११ हजार ५ सय १५ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ६ हजार ६ सय ११ मत पाएका छन् ।