• ललितपुर : ललितपुर महानगरमा २१,४२७ मत गन्दा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले ११९२० मत प्राप्त गरेका छन् भने एमालेका हरिकृष्ण ब्यन्जन्कारले ५५७० मत ल्याए।

    वडा नम्बर ६ मा नेपाली कांग्रेसका रुपेन्द्र राज शाक्य १३१८ मत सहित विजयी हुनु भएको छ भने वडा नम्बर ७ को वडा अध्यक्षमा कुल बाहादुर महर्जनले २१७० मत प्राप्त गरी विजयी भएका हुन् ।

    त्यस्तै उपप्रमुख एमालेकी मन्जली शाक्य अगाडि छिन्। उनले ५९८३ मत प्राप्त गर्दा माओवादीका बाबुराज बज्राचार्यले ४५६६ मत प्राप्त गरेका छन् । राप्रपाकी स्वर्निमा शाक्यले १८३२ मत ल्याएकी छिन् भने उमेदवार नभएको कांग्रेसको रुख चिन्हको उपमेयरमा ३२८० मत प्राप्त भएको छ ।

    ललितपुर महानगरको वडा १ देखि ७ सम्मको मत गणना सकिएको छ ।