

-
काठमाडौं । चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक संसद संचिवालयमा दर्ता भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलद्वारा हस्ताक्षरित अध्यादेश बिहीबार संघीय संसद सचिवालयमा दर्ता भएको हो। चिकित्सा शिक्षा अध्यादेश गत कात्तिक २४ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो। डा गोविन्द केसीको माग अनुसार अध्यादेश ल्याइएको हो। अध्यादेशमा सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत नि:शुल्क छात्रवृति, देशमा सञ्चालनमा रहेका सार्वजनिक शिक्षण संस्थाले स्नातक कार्यक्रममा उपलब्ध सिट संख्याको कम्तीमा ७५ प्रतिशत सिट निःशुल्क छात्रवृत्तिको लागि व्यवस्था गर्नुपर्ने उल्लेख छ। छात्रवृत्तिको उक्त संख्या क्रमशः बढाउँदै जानुपर्ने उल्लेख छ।
यस्तो छ अध्यादेशका मुख्य बुँदा
१. सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत निशुल्क छात्रवृति: अध्यादेशमा देशमा सञ्चालनमा रहेका सार्वजनिक शिक्षण संस्थाले स्नातक कार्यक्रममा उपलब्ध सिट संख्याको कम्तीमा ७५ प्रतिशत सिट नि:शुल्क छात्रवृत्तिको लागि व्यवस्था गर्नुपर्ने उल्लेख छ। छात्रवृत्तिको उक्त संख्या क्रमश: बढाउँदै जानुपर्ने पनि अध्यादेशमा उल्लेख छ। ‘सार्वजनिक शिक्षण संस्थाले आयोगको परामर्शमा त्यस्तो सिट क्रमश: वृद्धि गर्दै लैजानुपर्नेछ,’ अध्यादेशमा लेखिएको छ।२. काठमाडौं उपत्यकामा दस वर्ष मेडिकल कलेज नखुल्ने: अध्यादेशको दफा १३ अनुसार अब काठमाडौं उपत्यकामा कम्तीमा दस वर्ष मेडिकल कलेज खुल्न पाउँदैन। ‘यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लको हकमा यो ऐन प्रारम्भ भएको दस वर्षसम्म कुनै पनि शिक्षण संस्थालाई सम्बन्धन दिइने वा चिकित्सा शिक्षा सम्बन्धी कुनै संस्था वा प्रतिष्ठान स्थापना गरिने छैन,’ अध्यादेशको दफा १३ को उपदफा ७ मा भनिएको छ।
यो व्यवस्था लागू भएपछि काठमाडौं उपत्यकामा मेडिकल कलेजको पर्खाइमा रहेका मनमोहन, काठमाडौं नेशनल, आश्विनी लगायतका मेडिकल कलेजले सम्बन्धन पाउने ढोका बन्द भएको छ। यी कलेजले दस वर्षपछि चिकित्सा शिक्षा आयोगको मापदण्ड पुरा गरेमा मात्र सम्बन्धन पाउन सक्नेछन्।
३. नर्सिङमा विशिष्टीकृत कार्यक्रम: अध्यादेशको दफा ३६ मा नर्सिङ शिक्षाको विषयमा व्यवस्था गरिएको छ। ‘आयोगले नर्सिङ लगायत चिकित्सा शिक्षा क्षेत्रका अन्य विषयहरुमा विशिष्टीकृत सेवाका लागि चाहिने नयाँ शैक्षिक कार्यक्रमहरुको सूची बनाई त्यस्ता कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन गर्नेछ,’ अध्यादेशमा उल्लेख छ।
News Desk 0 response बिहिबार, चैत्र १५, २०७४

सम्बन्धित शीर्षकहरु
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



