• कास्की : पोखरा महानगरपालिकामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका छन् । पछिल्लो विवरण अनुसार उनले आठ सयभन्दा धेरै मतको अग्रता लिइरहेका छन् ।

    आचार्यले ६ हजार ३९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ५ हजार २ सय २७ मत पाएका छन् । राप्रपाका शंकर खरालले ६ सय ५८ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ३ सय ३३ मत ल्याएका छन् ।

    यस्तै उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले ६ हजार ७७ मत सहित अग्रता लिएकी छिन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जु गुरुङले ५ हजार ९ सय ७१ मत प्राप्त गरेकी छिन् । राप्रपाकी रन्जना सेनले ३ सय ७१ मत प्राप्त गरेकी छिन्।