• काठमाण्डौ : काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार उनले ५ हजार २ सय १४ मत पाएका छन् ।

    एमालेका उम्मेदवार केशव स्थापितले २ हजार ८ सय ३२ मत प्राप्त गरेका छन् । यस्तै, नेपाली कांग्रेसकी सृजना सिँहले २ हजार ४ सय ७० मत प्राप्त गरेकी छिन् ।

    त्यसैगरी उपमेयरमा भने एमालेकी सुनिता डंगोलको अग्रता लिएकी छिन् । उनले ३ हजार ३ सय ८४ मत ल्याएकी हुन् । एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९ सय ९२ मत प्राप्त गरेका छन् ।