• काठमाण्डौ : दार्चुलाको लेकम गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका रामदत्त जोशी निर्वाचित भएका छन् ।

    जोशीले २ हजार ९७६ मत पाएर विजयी भएका हुन् ।  निकटतम् प्रतिद्वन्दी एमालेका परमानन्द जोशीले २ हजार ४४५ र एकीकृत समाजवादीका नरेन्द्र रावलले ८३ मत पाएका छन्।

    उपाध्यक्षमा भने एमालीकी माधवी जोशीले २ हजार २८५ मत ल्याएर विजयी भएकी छिन् । निकटतम् प्रतिस्पर्धी कांग्रेसकी सुना जोशीले २५५४ मत पाएकी हुन् ।