

-
काठमाण्डौ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मेयरका उम्मेदवारद्वय रेनु दाहाल र सिर्जना सिंहलाई अवमूल्यन गर्ने काम गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले रेनुलाई आफ्नो छोरीको रूपमा र सिंहलाई प्रकाशमान सिंहको श्रीमतीको रूपमा प्रचार गरेर केही मानिसले अवमूल्यन गर्ने काम गरिरहेको बताएका हुन् ।
सत्तारूढ गठबन्धनले आज शुक्रवार काठमाण्डौमा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले छोरी रेणुप्रति सङ्केत गर्दै जहाँ–जहाँ महिलाहरूले नेतृत्व लिएर काम गरे, त्यहाँ राम्रो काम भएको बताए । उनले महिला उम्मेदवारमाथि विश्वास गर्ने र उनीहरूको योग्यतालाई सम्मान गरेर अघि बढ्नु देशकै आवश्यकता भएको समेत बताए ।
उनले भने, ‘केही मानिसले कसैलाई छोरीको रूपमा, कसैलाई श्रीमतीको रूपमा प्रचार गरेर महिलालाई अपमान गरिरहेका छन् । म त्यो प्रवृत्तिलाई हृदयदेखि विरोध गर्न चाहन्छु, त्यो नकारात्मक प्रवृत्ति हो । हामी पुरुषहरूले धेरै राज गर्यौँ तर धेरै साह्रो लछारपाटो पनि लगाउन सकिएन । एकचोटि महिलालाई कार्यकारी भूमिका दिएर हेरौँ ।’
अध्यक्ष प्रचण्डको संविधान कार्यान्वयनको दृष्टिकोणले पनि, परिवर्तनलाई संस्थागत गर्ने दृष्टिकोणले पनि र नेपाली जनतामा परिवर्तनको अनुभूति गराउन पनि महिलालाई विशेष रूपले अघि बढाउनुपर्ने तर्क थियो।
News Desk 0 response शुक्रबार, बैशाख २३, २०७९

सम्बन्धित शीर्षकहरु
-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


