• काठमाण्डौ : सत्ता गठबन्धनले आज काठमाण्डौमा चुनावी सभा गर्दैछ ।

    सभालाई प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालल गायतले सम्बोधन गर्नेछन् ।

    काठमाण्डौ महानगरपालिकामा गठबन्धनबाट कांग्रेस नेतृ सृजना सिंह मेयरमा उम्मेदवार छिन् भने ललितपुर महानगरमा पनि कांग्रेसकै चिरीबाबु महर्जन उम्मेदवार छन् । सत्ता गठबन्धनले हिजो चितवनको भरतपुरमा चुनावी सभा गरेको थियो ।

    चुनावी तालमेलका कारण नेता कार्यकर्तामा असन्तुष्टि र अविश्वास बढिरहेका बेला विश्वासको वातावरण बनाउन सत्ता गठबन्धनले संयुक्त चुनावी सभा गरिरहेका छन् ।