

-
काठमाण्डौ : वैशाख ३० गते हुने पालिका चुनावका लागि ६४ जिल्लामा मतपत्र ढुवानी भएको छ । अहिलेसम्म एक करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी भएको निर्वाचन आयोगले जनाएको छ ।
मधेस प्रदेशका जिल्ला र बाग्मती प्रदेशका केही जिल्लामा मतपत्र ढुवानी गर्न बाँकी रहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । काठमाण्डौबाट एकै दिनमा ढुवानी गर्न सकिने बाँकी १३ जिल्ला र ६ वटा महानगर काठमाण्डौ, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज र विराटनगरमा पनि छिट्टै मतपत्र पुग्ने उनले बताए ।
मनाङ र मुस्ताङमा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगले यही वैशाख १३ गतेदेखि मतपत्र ढुवानी सुरु गरेको थियो । पालिका चुनावको मुख्य दिन आउन अब १० दिन मात्रै बाँकी छ ।
पोस्टर, भित्ते लेखन, तुल, ब्यानर प्रयोग नगर्न आग्रह
आयोगले पालिका चुनावका क्रममा पोस्टर, भित्ते लेखन, तुल, ब्यानरलाई प्रयोग नगर्न आग्रह गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन आयोगले गएको चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता २०७८ लागू गरिसकेको छ ।
आचारसंहिताअनुसार सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक ठाउँमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिह्न राख्न वा टाँस्न नहुने उल्लेख छ ।
कुनै पनि उम्मेदवारले आफ्नो कार्यालयबाहेकका ठाउँमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिह्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यरदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने प्रावधान रहेको छ ।
दल वा उम्मेदवारको चुनाव चिह्न वा दलको झण्डाको तोरण बनाइ सार्वजनिक प्रदर्शन गर्न वा गराउन नहुने, कुनै किसिमको भित्ते लेखन गर्न वा गराउन नहुने व्यवस्था विपरीत कतिपय ठाउँमा कानुनले वर्जित गरेका यस्ता कार्य भइरहेको आयोगको भनाइ छ ।
News Desk 0 response मङ्लबार, बैशाख २०, २०७९

सम्बन्धित शीर्षकहरु
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते पम्पमा पानी सुकेको संसदीय समितिको ठहर
सोमवार, साउन १८, २०८३-
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३
-
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३
-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३



