काठमाडौं : नेपाल आयल निगमलाई अबको १५ दिनमै पेट्रोलियम पदार्थको बिक्रीबाट पाँच अर्ब १९ करोड रुपैयाँ घाटा हुने देखाएको छ ।
भारतीय आयल निगमले हिजो पठाएको नयाँ मूल्य सूचीअनुसार अर्को नयाँ मूल्य सूची नपठाउञ्जेल अबको १५ दिनसम्म पेट्रोलमा ७१ करोड ८३ लाख, डिजेलमा ३ अर्ब पाँच करोड र एलपी ग्यासमा १ अर्ब ७४ करोड रुपैयाँ घाटा हुने देखिएको हो ।
निगमका अनुसार मट्टितेलमा २८ लाख, हवाई इन्धन ९आन्तरिक० ३ करोड ६५ लाख र हवाइ इन्धन ९बाह्य० मा २८ करोड ४४ लाख रुपैयाँ नाफा हुनेछ ।
निगमले जारी गरेको विज्ञप्ति अनुसार पेट्रोलमा निगमलाई प्रतिलिटर २३ रुपैयाँ, डिजेलमा प्रतिलिटर ४० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर एक हजार ५० रुपैयाँ घाटा पर्ने भएको हो । हाल पेट्रोलको १६० र डिजेल तथा मट्टितेलको मुल्य १४३ रहेको छ।