

मन्त्रीका सचिवालयमा बस्नेको मनपरी
अधिकांश मन्त्रीले प्रेसविद् भन्दै नियुक्ति दिएका कार्यकर्ताले आ–आफ्नै अनलाइन पोर्टल चलाउँदै आएका छन् । उनीहरूले काम आफ्नो पोर्टलमा गर्छन् तर तलबचाहिँ मन्त्रालयमातहत कुनै न कुनै विभागबाट पाउँदै आएका छन् । मन्त्रीको सचिवालयमा जथाभावी नियुक्ति भईरहेको बेला प्रधानमन्त्रीका स्वकीय सचिव र सचिवालयमा रहने कर्मचारीको दरबन्दी र तलबभत्ता पनि मन्त्रिपरिषद्को स्वीकृतिअनुसार परिमार्जन गरिएको छ ।
-
काठमाडौं ।
News Desk 0 response बुधबार, बैशाख १८, २०७६
नियमानुसार एक जना मन्त्रीको सचिवालयमा ७ सदस्य हुन्छन् । उपस्वकीय सचिव, स्वकीय अधिकृत, प्रशासन सहायक, २ सवारी चालक र २ कार्यालय सहयोगी पाउने व्यवस्था रहे पनि केही मन्त्रीका सचिवालयमा दर्जनभन्दा बढीको भीड राखिएको छ । जस्तो शिक्षामन्त्री गिरिराजमणि पोखरेलको स्वकीय मात्र १२ भन्दा बढी छन् । उनीहरू कसैलाई सिटीईभीटी, कसैलाई शिक्षा विभागबाट तलब खुवाइँदै छ । यस्तै, कृषि राज्यमन्त्री रामकुमारी चौधरीले समेत ७ जनाभन्दा बढीको भीड थुपारेकी छन् । खानेपानीमन्त्री बिना मगरका स्वकीय विजय भट्टराईको आतंक बेग्लै छ । उनले विश्व बैंकले उपलब्ध गराएको बा.९च २०४३ नम्बरको सेतो प्लेटको स्कोरपियोको प्लेट नै बदलेर रातो बनाई चलाइरहेका छन् । हालै मात्र उनले खानेपानी विभागका हाकिमहरूलाई थर्कमान पारेर त्यहाँबाट एप्पलको डेढ लाखभन्दा बढी मूल्य पर्ने ल्यापटप फुत्काएको कर्मचारी सुनाएको जनआस्थाले लेखेको छ ।
अधिकांश मन्त्रीले प्रेसविद् भन्दै नियुक्ति दिएका कार्यकर्ताले आ–आफ्नै अनलाइन पोर्टल चलाउँदै आएका छन् । उनीहरूले काम आफ्नो पोर्टलमा गर्छन् तर तलबचाहिँ मन्त्रालयमातहत कुनै न कुनै विभागबाट पाउँदै आएका छन् । मन्त्रीको सचिवालयमा जथाभावी नियुक्ति भईरहेको बेला प्रधानमन्त्रीका स्वकीय सचिव र सचिवालयमा रहने कर्मचारीको दरबन्दी र तलबभत्ता पनि मन्त्रिपरिषद्को स्वीकृतिअनुसार परिमार्जन गरिएको छ । जसअनुसार प्रमुख स्वकीय सचिवको तलब मासिक ५७ हजार ७ सय ८०, स्वकीय सचिवको ५१ हजार ४ सय २०, सहस्वकीय सचिवको ४० हजार १ सय ५०, उपस्वकीय सचिवको ३४ हजार २ सय २०, स्वकीय अधिकृतको ३० हजार ५ सय, फोटोग्राफरको ३० हजार ५ सय, ड्राइभरको १८ हजार ३ सय ४० र पियनको १६ हजार २ सय ३० रुपैयाँ तलब छ ।
प्रधानमन्त्रीदेखि सहायक मन्त्रीसम्मले देशभित्र भ्रमण गर्दा दैनिक ३ हजार रुपैयाँ भत्ता पाउने गरेका छन् भने प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले दैनिक ३ हजार र स्वकीय सचिवले २५०० पाउने व्यवस्था गरिएको छ । यस्तै, उपप्रधानमन्त्रीका स्वकीय सचिवले २ हजार, मन्त्रीकाले १६००, राज्यमन्त्री र सहायक मन्त्रीकाले १ हजार ६ सय दैनिक भ्रमणभत्ता पाउने व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



