

यी हुन् अर्थोपार्जनमा लागेका अर्थका कर्मचारी
एकातिर राजश्व अनुसन्धान विभागले अर्कोतिर अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले मुद्दा हालेर जागिरै निलम्बनमा पारिदिने बाटो अपनाउन थालेपछि अर्थमन्त्रालय अन्तर्गतका कतिको जागिर निलम्बन परेको छ भने कति डरका कारण राजीनामा दिएर घर जान थालेका छन् । रसुवा भन्सारका अधिकृत पवित्रकुमार खड्कादेखि नेपालगञ्जका प्रमुख जनार्दन आचार्यलगायत देशभरका अन्य राजश्व कार्यालयका कर्मचारीविरुद्ध अदालतमा मुद्दा दायर गरेर जागिर धरमर बनाएको छ ।
-
काठमाडौं ।
एकातिर राजश्व अनुसन्धान विभागले अर्कोतिर अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले मुद्दा हालेर जागिरै निलम्बनमा पारिदिने बाटो अपनाउन थालेपछि अर्थमन्त्रालय अन्तर्गतका कतिको जागिर निलम्बन परेको छ भने कति डरका कारण राजीनामा दिएर घर जान थालेका छन् । रसुवा भन्सारका अधिकृत पवित्रकुमार खड्कादेखि नेपालगञ्जका प्रमुख जनार्दन आचार्यलगायत देशभरका अन्य राजश्व कार्यालयका कर्मचारीविरुद्ध अदालतमा मुद्दा दायर गरेर जागिर धरमर बनाएको छ । उता, अख्तियारले भैरहवा भन्सारका अधिकृत मानप्रसाद बिकेलगायत राजश्वमारा कर्मचारीउपर अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ । अर्थ मन्त्रालयका भन्सार तथा राजश्व अनुसन्धान विभागमा बसेर जीवनभर चलखेल गरेका कर्मचारीले समयावधि धेरै बाँकी भए पनि राजीनामा दिएर सुरक्षित हुन खोज्दै छन् । कुनै बेला तातोपानी भन्सारमा बसेर धन आर्जन गर्ने तत्कालीन २२ भाइमध्येका रामकृष्ण तिवारी अहिले राजीनामा दिएर घर बसेका छन् । अख्तियारमा नवीन घिमिरे प्रमुख भएपछि उनलाई छटपटी शुरु भएको बताइन्छ । नवीन सिन्धुपाल्चोकका सिडिओ हुँदा रामकृष्ण तातोपानी भन्सारमा थिए । पैसा र पहुँचको प्रदर्शन गर्न खोज्ने उनलाई नवीनले कस्न खोज्दा त्यतिबेलै मनमुटाव शुरु भएको थियो ।
News Desk 0 response बुधबार, बैशाख ११, २०७६
उता, अर्थ मन्त्रालयका अधिकृत अर्जुन थापा, उद्धव राउत, रघु घिमिरेलगायत कर्मचारीसमेत राजीनामा दिएर गाईपालन गर्न घरतिर हिँडेको बताएका छन् । राजश्वका कर्मचारीमा यति धेरै डर पसेको छ कि आफ्नो धुमिल विगतले कतै जागिर जाने र इज्जत पनि सकिने त होइन ? त्यही कारण उनीहरू राजीनामा दिएर सुरक्षित हुन खोज्दै छन् । भन्सार प्रमुखहरूसमेत त्राहिमाम अवस्थामा रहेका कारण आफू मातहतका कर्मचारीलाई कडाइ गर्न थालेका छन् । त्यही कारण राजश्वमा सुधार आएको तथ्यांकले देखाएको हो ।

सम्बन्धित शीर्षकहरु
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट उपत्यकामै पदस्थापन
शुक्रबार, अशोज १६, २०८३-
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३
-
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



