

-
काठमाण्डौ । चुनावी तालमेलको मोडालिटी टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक आज बस्दैछ । आउँदो वैशाख ३० गते हुने पालिका चुनावमा तालमेल गर्ने निर्णय गरिसकेका गठबन्धनका शीर्ष नेताले हिजो विश्वासको वातावरण बनाउन नेता कार्यकर्तालाई आग्रह गर्दै संयुक्त अपिल जारी गरेका थिए ।
७ सय ५३ पालिकामै तालमेलका लागि भागबन्डा मिलाउन आजको बैठकमा सहमति हुने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । उनकाअनुसार हिजो र अस्तिको बैठकमा भएको छलफलका आधारमा आज तालमेलको मोडालिटी तय गरिने छ ।
मोडालिटी बनेपछि कुन दलले कहाँ नेतृत्व गर्ने भन्नेबारे निर्णय गर्न व्यावहारिक हुने उनको भनाइ छ । परिपक्क र विश्वासिलो तालमेल नभए प्रमुख प्रतिपक्षी दल एमालेसँग कमजोर हुने भन्दै सत्ता गठबन्धन अहिले तल्लो तहसम्मका नेता कार्यकर्तालाई बुझाउन केन्द्रित भएको छ ।
यसैबीच, ७ सय ५३ पालिकामै चुनावी तालमेल गरी भागबन्डाको गृहकार्य गरेपछि सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेस भित्र असन्तुष्टि बढ्न थालेको छ ।
डाक्टर शेखर कोइराला समूहले पार्टीको निर्णय र विधानको व्यवस्था विपरीत तालमेलको मोडालिटी तय भए कठिन हुने बताएको छ । केन्द्रबाट महानगरपालिकाका उम्मेदवार चयन गर्ने अधिकार भए पनि उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका उम्मेदवार चयन र तालमेलको निर्णय तत्तत् निकायबाटै हुनुपर्ने कोइराला समूहको माग छ ।
News Desk 0 response मङ्लबार, चैत्र २९, २०७८

सम्बन्धित शीर्षकहरु
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते पम्पमा पानी सुकेको संसदीय समितिको ठहर
सोमवार, साउन १८, २०८३-
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३
-
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३
-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३



