

‘पहाडमा जन्मिएर मधेशको सेवा’
प्रत्येक महिना मेयर र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा वडा कार्यालयहरुमा जनताको गुनासो सुन्ने चलनको विकास यो नगरपालिकाले गरेको छ । वडालाई छुट्याईएको बजेट विकास निर्माणमा लगाउन वडाध्यक्षलाई स्वतन्त्रता छ । प्रत्येक वडाले विकास निर्माणको कुल बजेटको ५ प्रतिशत सामाजिक कामका लागि छुट्याउनु पर्ने नियम बसालिएको छ । हरिवन नगरपालिकामा ११ वडा छन् । नगरपालिकाले कुल बजेटको ३७.८५ प्रतिशत रकम सामाजिक विकासमा खर्च गर्ने गरेको छ । मुस्कान सहितको सेवालाई मूल नारा बनाएको हरिवन नगरपालिकाको परिचय पारदर्शिता पनि बनेको छ । अनलाईन प्रविधिलाई विकास निर्माणसँग जोडेको यस नगरपालिकाको विकास निर्माणको काम अनलाईनले प्रत्यक्ष निगरानी गर्छ र सवै जनतालाई पारदर्शी ढंगले अनलाईनबाटै जानकारी गराईन्छ ।
-
पहाडी जिल्ला स्याङ्जामा जन्मिएर उतै हुर्किएका उपसचिव टिकाराम ढकालले मधेसलाई कर्मथलो बनाएको दुई बर्ष भन्दा धेरै भयो । सर्लाही जिल्लाको हरिवन नगरपालिकाका कार्यकारी निर्देशक ढकाल अहिले समग्र प्रदेश दुईलाई समृद्ध बनाउने अभियानमा छन् । प्रदेश दुईमा जनप्रतिनिधि र कर्मचारीविच तालमेल हुन नसक्दा धेरै स्थानीय निकायले विकासमा फड्को मार्न सकेको देखिँदैन । जनप्रतिनिधि जनतासँग गरेका प्रतिवद्धता पूरा गर्न चाहन्छन्,जनप्रतिनिधिले गरेका प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउन कर्मचारीले समन्यात्मक भूमिका खेल्नु पर्ने उपसचिव ढकालको तर्क छ । कर्मचारीको समन्वयात्मक भूमिका स्थानीय निकायमा अपरिहार्य रहेको ढकाल बताउँछन् । प्रदेश दुईमा स्थानीय तहको दरवन्दी अनुसार कर्मचारी नहुँदा पनि समस्या परेको ढकालले बताए । ‘भएका कर्मचारीलाई काम धेरै छ’, ढकालले भने– ‘देश सघीयतामा गए पछि जनप्रतिनिधि र कर्मचारीको काम,कर्तव्य र जिम्मेवारी पनि बढेको छ ।’
प्रदेश दुईका धेरै नगरपालिका र गाउँपालिकाहरुमा जनप्रतिनिधि र कर्मचारीवीच तालमेल हुन नसक्दा विकासको काम प्रभावित बन्ने गरेको यथार्थ लुकाउन चाहेनन् ढकालले । ‘जनतासँग जनप्रतिनिधिले प्रतिवद्धता धेरै गरेकाछन्, कर्मचारीले पनि नियम, विधि, कानून, पद्धति अवलम्बन गर्नै पर्छ, खासमा जनप्रतिनिधि र कर्मचारीबीच समन्वय हुन नसक्दा प्रदेश दुईमा समस्या देखिएको छ,’ ढकालको अनुभव यस्तो छ । उनी आफू भने जनप्रतिनिधिसँग काँधमा काँध मिलाएर अघि बढेका छन् । कर्मचारी र जनप्रतिनिधिबीच सुमधुर सम्बन्ध छ हरिवन नगरपालिकामा । जनप्रतिनिधि र कर्मचारीबीचको सुमधुर सम्बन्धकै कारण पनि हरिवन नगरपालिकाले विकासमा तीब्रता दिएको छ । नगरप्रमुख गणेश प्रसाँई र प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालको मात्रै नभएर सवै वडाध्यक्ष र वडाका सचिवहरुको सम्बन्ध सुमधुर भएकाले पनि नगरको विकास निर्माणले गति लिएको बताउँनेहरु धेरै छन् । प्रत्येक महिना मेयर र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा वडा कार्यालयहरुमा जनताको गुनासो सुन्ने चलनको विकास यो नगरपालिकाले गरेको छ । वडालाई छुट्याईएको बजेट विकास निर्माणमा लगाउन वडाध्यक्षलाई स्वतन्त्रता छ । प्रत्येक वडाले विकास निर्माणको कुल बजेटको ५ प्रतिशत सामाजिक कामका लागि छुट्याउनु पर्ने नियम बसालिएको छ । हरिवन नगरपालिकामा ११ वडा छन् । नगरपालिकाले कुल बजेटको ३७.८५ प्रतिशत रकम सामाजिक विकासमा खर्च गर्ने गरेको छ । मुस्कान सहितको सेवालाई मूल नारा बनाएको हरिवन नगरपालिकाको परिचय पारदर्शिता पनि बनेको छ । अनलाईन प्रविधिलाई विकास निर्माणसँग जोडेको यस नगरपालिकाको विकास निर्माणको काम अनलाईनले प्रत्यक्ष निगरानी गर्छ र सवै जनतालाई पारदर्शी ढंगले अनलाईनबाटै जानकारी गराईन्छ । ‘भ्रष्टचारमा शून्य सहनसीलता हरिवन नगरपालिकाको अर्को नारा हो’– प्रमुख प्रशासकीय अधिकृत ढकालले थपे, ‘यो सवै जनप्रतिनिधि र कर्मचारीको समन्वयकै कारण सम्भव भएको हो ।’
सामूहिक पहलमा अहिले नगरको सडक विस्तारसँगै शिक्षा,कृषि, खानेपानी,रोजगार र सामाजिक विकासको क्षेत्रमा आमूल परिवर्तन आएको ढकाल बताउँछन् ।
‘योजना बनाउँदा यस नगरपालिकामा राजनीतिक पूर्वाग्रह राखिँदैन । योजना कार्यन्वयनमा ल्याउन बनाईने उपभोक्ता समितिहरुमा पनि भरसक सबै दललाई समेट्ने गरिएको छ । यसले गुणस्तरीय विकास निर्माण गर्न सजिलो भएको छ’– ढकालले भने । नगरपालिकामा ६४ जना कर्मचारी कार्यरत छन् अहिले । धेरै पद त रिक्त छ । मेयर र प्रमुख प्रशासकीय अधिकृत सवै पदमा कर्मचारी ल्याउने पहलमा जुटेका छन् । केही करार र ज्यालादारीमा कर्मचारी राखिएको छ । अवको पदपूर्ति प्रादेशिक लोक सेवा आयोगले गर्ने छ, नगरपालिकाले कर्मचारीको माग प्रदेश सरकारलाई पठाएको छ । विभागीय मन्त्री र सचिवले ‘फाष्ट ट्रयाक’ बाट कर्मचारी भर्ना गर्ने बताएका छन् । हरिवन नगरपालिकाको अर्को ठूलो उपलब्धि कानून निर्माण पनि हो । २७ ओटा कानून निर्माण गरेर कार्यान्वयनमै ल्याईएको छ । सिंहदरवारको अधिकार गाउँमा आयो भनेकाले जनता कार्यालयमा आउने होईन, जनप्रतिनिधि र कर्मचारी जनताको घर दैलोमै गएर सेवा दिनु पर्छ भन्ने मान्यता यहाँको छ । ढकाल भन्छन्–‘सेवा दिन जनप्रतिनिधि र कर्मचारी जनताको घर दैलोमा पुग्ने परिपाटीको विकास गर्न पनि जनप्रतिनिधि र कर्मचारीको सहकार्यको एउटा अर्को नमुना हो ।’
पहाडको मान्छे मधेशको सेवा
२०३९ साल असोज ३० गते जन्मिएका ढकाल लोकसेवा बाटै सरकारी जागीरमा प्रवेश गरेका हुन् । साविक फापरथुम ४ जहाँ टोपी खस्ने भीर भएको ठाउँमा हुर्केर सरकारी बिद्यालय अध्ययन गरेका ब्यक्ति हुन् उनी । विद्यालय पुग्न उनको घरबाट डेढ घण्टा हिँड्नु पथ्र्यो । बाटोको माझमा पर्ने आँधिखोला तर्दा लगाईएको हापपाईन्ट निथ्रुक्क भिज्थे । भिजेकै हापपाईन्ट लगाएर पढ्थे अनि पुनः डेढ घण्टा उकाली ओराली छिचोल्दै घर आई पुग्थे । एसएलसीसम्मको अध्ययन भने उनले प्रधुम्न पनेरु माविबाट गरे । यो विद्यालय पुग्न पनि उनले डेढ घण्टा पैदल हिँड्नु पथ्र्यो । उनी बिद्यालयमा कहिल्यै दोस्रो भएनन् ।एसएलसी पास गर्दा जिल्ला टपनै भए । साधारण किसान परिवारका ढकालको परिवारलाई खेतवारीमा उब्जने अन्नले खान पुग्थ्यो । आईए पास गरेका उनका बुवा गंगाप्रसाद ढकाल बिए पास गर्न नसकेकोमा पश्चताप मानिरहन्थे र आफ्ना छोराछोरीलाई पढ्न प्रोत्साहान गरिरहन्थे । छोराछोरीको पढाईलाई सहज बनाउनकै लागि उनले कतै पनि जागिर खाएनन् । ५ कक्षामा पढ्दा बुवाले शर्त राखे, ६ कक्षामा प्रथम भईस भने तँलाई जुत्ता किनिदिन्छु । सवै कक्षामा प्रथम हुँदै आएका उनी प्रथम भएरै बुवाको हात बाट जुत्ता पुरस्कार पाए ।
र, जुत्ता लगाएर स्कुल जाने मध्येमा पर्न थाले । भिनाजुहरु सवै निजामती कर्मचारी भएकाले पनि सानैमा लोकसेवामा नाम निकालेर सरकारी जागिर खानु पर्छ भन्ने कुराले उनको मष्तिष्कमा जरा गाडेको थियो । त्यसैले एसएलसी परिक्षा दिईसके पछि विदाको समयमा गाईबाख्रा चराउँदै उनले सविंधानका सबै धारा उपधारा कण्ठ गरेका थिए । विशिष्ट श्रेणीमा एसएलसी पास गरे पछि उनी उच्च शिक्षाका लागि पोखरा झरे ।पृथ्विनारायण क्याम्पसमा साईन्स र ईञ्जिनियरिगं लिएर भर्ना भए । साथीहरुसँग कोठा भाडा लिएर पोखरामा क्याम्पस पढ्न थालेका उनले २८ हजार रुपैयाँमा पहिलो बर्ष सकेका थिए । दोस्रो बर्षका लागि उनको २६ हजार रुपैयाँ सकियो । आफूले स्नातक पास गर्न नपाएकोमा पश्चताप मानिरहेका ढकालका बुवाले आफ्ना छोराछोरीलाई स्नातक पास नगरीकन जागिर खान दिने मनस्थिति बनाएनन् । ढकाल सम्झन्छन्–‘बुवा ब्याचलर पास नगरिकन जागिर खान दिन्न ब्याचलर पास गरेपछि खर्च दिन्न भन्नु हुन्थ्यो ।’
ढकालले ब्याचलर पास गरेपछि लोकसेवा दिए खरदार तहको । प्रशासन, लेखा र राजश्व गरी तिन ठाउँमा नाम निकाले । अनि जागिर खान गए सिन्धुपाल्चोक । उनको नियुक्ति हुलाकमा भयो । यस अघि उनले नेपाल बैंकको परिक्षा दिएका थिए, नायव सुब्बामा नाम निकाले । त्यसपछि नायव सुब्बाको परिक्षा दिए, पास भए । ढकालले फेरी प्रशासन , लेखा र राजश्वमा नाम निकाले , प्रशासनमा सिफारिस भयो । लोकसेवामै अधिकृतको पदस्थापन भयो बुटवलमा । निजामती सेवाको नियमअनुसार ५ बर्ष अधिकृतको जागिर नखाई उपसचिव पदमा लड्न नपाउने ब्यवस्था थियो । ५ बर्षपछि उपसचिवमा लोकसेवामा सहभागि भए, यस पटक पनि तिनै ठाउँमा नाम निकाले । अनि उपसचिव भए ।
परिवारै सरकारी सेवामा
ढकालका तीन दिदी र चारभाई गरि सात दाजुभाई दिदी बहिनी छन् । तर, अचम्म के भने सवैजना सरकारी सेवामा छन् । जेठी दिदी शुसिला ढकाल पनि उपसचिव हुन् भने माईली दिदी शोभा ढकाल अधिकृत हुन् । कान्छी दिदी सरकारी कलेज पढाउँछिन् । ढकालका माँईलो भाई शोभाकान्त ढकाल प्रहरी निरिक्षाक छन् । साईलो एसओ एस भक्तपुरको डिपार्टमेण्ट प्रमुख छन् भने कान्छो भाई माहालेखा परिक्षकको कार्यालयमा अधिकृत छन् ।ढकालका सवै भिनाजुहरु पनि सरकारी सेवामा आवद् छन् । ढकाल भन्छन्–‘पहाडमा जन्मे हुर्के पनि मधेसको विकासमा योगदान पुर्याई रहेको छु । ’
यतिबेला प्रदेश दुईलाई समृद्ध बनाउन सबै जनप्रतिनिधि र कर्मचारीले काँधमा काँध मिलाउन जरुरी भएको उनको ठहर छ ।
-सन्तोष बराईलीबाट
News Desk 0 response आइतवार, बैशाख १, २०७६

सम्बन्धित शीर्षकहरु
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गर्दै
शनिबार, असार ६, २०८३
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी ठहर, एक वर्ष जेल सजाय
शुक्रबार, असार ५, २०८३-
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३
-
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



