

-
बाजुरा ।
चालू आर्थिक वर्षको तेस्रो चौमासिक लागिसक्दा पनि उपभोक्ता समितिसँगको सम्झौतादेखि लगत स्टिमेटको कामसमेत नभएपछि यहाँका जनप्रतिनिधि तनावमा छन् ।
स्थानीय तह निर्वाचनको दुई वर्ष पुग्न लागिसक्दा पनि गाउँपालिका तथा नगरपालिकाका बासिन्दाका गुनासा फेरिएका छैनन् । ऐन, कानून निर्माणमा भइरहेको ढिलाइदेखि कर्मचारी अभावको विषय प्रमुख रूपमा उठ्ने गरेको छ । पछिल्लो ऐन, कानून निर्माणको विषय सेलाउन थाले पनि कर्मचारी अभावको विषयले महत्व पाउन थालेको छ ।
कार्यरत कर्मचारीसमेत समायोजनको कागजसहित फिर्ता जान थालेपछि कामकाज ठप्प छ । स्थानीय तह भने कर्मचारीको पर्खाइमा छन् । नौ स्थानीय तहमा कर्मचारी समायोजनको समस्या देखिएको छ । गौमुल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टङ्कनाथ खनाल रमाना लिएर गएपछि दैनिक कामकाज ठप्प बनेको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए ।
सरकारले कर्मचारी समायोजनको व्यवस्था ल्याएसँगै जिल्लाका स्थानीय तह कर्मचारीविहीन बनेका छन् । जगन्नाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि समायोजनमा आफ्नै गृहजिल्ला गुल्मी सरुवा भए ।
यस्तै समायोजनपछि कर्मचारीको थप समस्या भएको खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले बताए । हाल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत डम्मर थापा मात्र कार्यरत छन् । नायव सुब्बा कम्मानसिंह कुँवर महाकाली नगरपालिका तथा खरीदार सञ्जीव चौधरी बेलौरी नगरपालिका सरुवा भएर गएपछि दैनिक कामकाजमा समस्या भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत्त डम्मर थापाले बताए ।
दुर्गम जिल्लामा आउन कर्मचारीले मन गरेका छैनन् । समायोजनमा पनि शहर, आफ्नै गाउँ र सुविधायुक्त क्षेत्रलाई कर्मचारीले रोजेकै कारण कर्मचारी अभाव देखिएको जिल्ला समन्वय समितिले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले कर्मचारी समायोजनले काम कारवाहीमा समस्या परेको र बजेट कार्यान्वयनमा समेत चुनौती थपिएको बताए । दुर्गमको समस्या सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको उनको भनाइ छ ।
रासस
News Desk 0 response मङ्लबार, चैत्र २६, २०७५

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



