• काठमाण्डौ : नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन परिचालनबारे पार्टीका प्रदेश सभापतिहरूसँग प्रारम्भिक छलफल सुरु गरेको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन परिचालन समितिले चुनावी तालमेलका विषयमा केन्द्रित भएर प्रदेश सभापतिहरूसँग आज बुधवारदेखि छलफल सुरु गरेको हो ।

    सत्तारुढ गठबन्धन दलहरूसँग चुनावी तालमेल गरेर जाने निर्णय पार्टीले गरेपछि त्यसलाई कसरी व्यवस्थित गरेर जाने भन्ने विषयमा केन्द्रित भएर प्रदेश सभापतिहरूसँग छलफल गरिएको हो । बैठकमा केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधिस भा निर्वाचन क्षेत्रीय समितिबीच बलियो समन्वय गरी निर्वाचन परिचालनको कामलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि अन्तरक्रिया गरिएको छ ।

    नेपाली कांग्रेसको भर्खरै सम्पन्न केन्द्रीय कार्य समिति बैठकले स्थानीय तह निर्वाचन परिचालन गर्न उपसभापति खड्काको नेतृत्वमा समिति गठन गरेको थियो ।