

-
काठमाण्डौ : विश्व बजारमा मंगलबार कच्चा तेलको मूल्यमा गिरावट आएको छ।
रुस–युक्रेनबीच शान्तिवार्ता अघि बढ्ने समाचार बाहिरिएसँगै मंगलबार कच्चा तेलको मूल्यमा गिरावट आएको हो। कोरोना संक्रमण वृद्धि भएसँगै चीनले संघाईमा गरेको लकडाउनका तेलको मागमा आएको कमीले समेत विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको बताइएको छ।
ब्रेन्ट क्रुड आयलको मूल्य ६० सेन्ट अर्थात ०.५ प्रतिशतले घट्दै १११.८८ डलर प्रति ब्यारेल पुगेको छ। जसको मूल्य १०९.९७ डलर प्रतिब्यारेलसम्म घटेको थियो। त्यस्तै यूएस टेक्सास इन्टरमिडियट (डब्लुटीआई) क्रुड फ्युचर्स ५९ सेन्ट अर्थात ०.६ प्रतिशतले घट्दै १०५.३७ डलर पुगेको छ।
यी दुवै बेन्चमार्क कन्ट्याक्समा सोमबार करिब ७ प्रतिशतको गिरावट आएको थियो।
रुस र युक्रेन दुई साताभन्दा अधिक समयपश्चात आफ्नो पहिलो शान्तिवार्ताका लागि इस्तानबुलमा भेटदैछन्। युक्रेनमाथि गरेको आक्रमणपश्चात रुसमाथि लगाइएको प्रतिबन्धहरुका कारण तेलको आपूर्तिमा कमी आएको छ। जसका कारण यस महिनाको सुरुआतमा तेलको मूल्य १४ वर्षयताकै उच्च विन्दुमा पुगेको थियो। – एजेन्सी
News Desk 0 response मङ्लबार, चैत्र १५, २०७८

सम्बन्धित शीर्षकहरु
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३ -
राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा..
आइतवार, बैशाख २०, २०८३ -
थप २ सय ६० सुकुम्वासी परिवार सरकारको..
आइतवार, बैशाख २०, २०८३ -
आज देशभर असिना पानी पर्ने सम्भावना
आइतवार, बैशाख २०, २०८३ -
इरान युद्धमा युरोपको साथ नपाएपछि ट्रम्प क्रुद्ध
आइतवार, बैशाख २०, २०८३
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३ -
राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा..
आइतवार, बैशाख २०, २०८३ -
थप २ सय ६० सुकुम्वासी परिवार सरकारको..
आइतवार, बैशाख २०, २०८३ -
आज देशभर असिना पानी पर्ने सम्भावना
आइतवार, बैशाख २०, २०८३ -
इरान युद्धमा युरोपको साथ नपाएपछि ट्रम्प क्रुद्ध
आइतवार, बैशाख २०, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३



