

-
काठमाडौं– गीत चोरीको आरोपमा अनमोल केसी अभिनित फिल्म ‘कृ’ का निर्माता सुवास गिरी पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार उनलाई पक्राउ गरेको हो।
नेपाली पुरानो फिल्म ‘सम्झना’का निर्माता शम्भु प्रधानको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन्। सम्झना फिल्मको ‘उकालीमा अघिअघि ओरालीमा पछि पछि…’ बोलको गीत चोरेको आरोपमा प्रधानले गत महिना उजुरी गरेका थिए।
पटक-पटक छलफल गर्दा पनि ‘कृ’ले उक्त गीत हटाउन नमानेपछि मुद्दा प्रक्रिया अघि बढेको हो। परिसरका डिएसपी मोहन थापाले निर्माताविरुद्ध प्रतिलिपि अधिकार संरक्षण ऐनअनुसार मुद्दा अघि बढेको बताए।
प्रधानले भुवन केसीविरुद्ध समेत जाहेरी दिएका थिए। तर, कानुनी रुपमा केसी निर्माता नभएको खुलेपछि गिरीविरुद्ध मुद्दा चलाउन लागिएको हो।
प्रतिलिपि अधिकार ऐनअनुसार दोषी ठहर भए ६ महिनासम्म कैद सजाय हुनसक्छ। त्यस्तै, मागअनुसार क्षतिपूर्ति र जरिवाना समेत हुनसक्छ।
News Desk 0 response मङ्लबार, चैत्र १३, २०७४

सम्बन्धित शीर्षकहरु
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
सबैभन्दा छाेटाे माैद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
मङ्लबार, असार २३, २०८३



