

समायोजनमा पनि संघमै कर्मचारी थुप्रिदा प्रदेश र स्थानीयमा अझै अभाव
प्रदेश र स्थानीय तहको तुलनामा अत्यधिक कर्मचारी संघमै समायोजन भएको छ। करिब ७७ हजार कर्मचारीमध्ये २२ हजार नौ सय १७ कर्मचारी समायोजन भइसकेको छ।
-
काठमाडौं ।
कर्मचारीको समायोजन करिव सकिएको छ । तर, प्रदेश र स्थानीयतहमा अझै कर्मचारी अभावनै देखिएको छ । प्रदेशस्तरीय लोकसेवा आयोग गठन गरी नयाँ कर्मचारी भर्ना नलिएसम्म प्रदेशमा कर्मचारीको अभाव हुने अवस्था आएको जानकारहरु बताउँछन् । प्रदेश र स्थानीय तहको तुलनामा अत्यधिक कर्मचारी संघमै समायोजन भएको छ। करिब ७७ हजार कर्मचारीमध्ये २२ हजार नौ सय १७ कर्मचारी समायोजन भइसकेको छ। हालसम्म संघमा १७ हजार दुई सय ७९, प्रदेशमा दुई हजार चार सय ४८ र स्थानीय तहमा तीन हजार एक सय ९० कर्मचारी समायोजन भएका छन्। करिब ७७ हजारमध्ये २७ हजार चार सय ६१ जनाले स्थानीय तह र १४ हजार दुई सय ६९ जना प्रदेश रोजेका थिए। प्रदेशमा २२ हजार सात सय ५५ र स्थानीय तहमा ६७ हजार पाँच सय तीन वटा दरबन्दी छ। स्थानीय तहमा एक हजार निजामतीसहित अहिले करिब १८ हजार कर्मचारी कार्यरत छन्। त्यसैले सबै कर्मचारीको समायोजन टुंगिए पनि प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हुने अवस्था देखिएको हो। ‘प्रदेश र स्थानीय तहमा प्रशासनिक काम अघि बढाउन थप कर्मचारी भर्ना नगरी हुँदैन। केन्द्रले अहिले कर्मचारी खटाए पनि यो जनशक्तिले प्रदेश र स्थानीय तहको कार्यभार सम्हाल्न सक्दैन’,मन्त्रालयका प्रवक्ता एवं सहसचिव सुरेश अधिकारीले भने।
News Desk 0 response मङ्लबार, फाल्गुन १४, २०७५

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



