

-
काठमाडौँ : केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाको प्रतिवेदन पहिलोपटक स्थानीय तहसम्मको प्रकाशन गर्ने तयारी गरेको छ । विसं २०६८ सम्म जिल्लास्तरको तथ्याङ्कको मात्र प्रतिवेदन सार्वजनिक गरिन्थ्यो ।
राज्य सङ्घीय संरचनामा गएपछि पहिलोपटक स्थानीय तहको प्रतिवेदन प्रकाशन गर्न लागिएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए । विसं २०७८ को जनगणनाको फारम ७७ वटै जिल्लाबाट केन्द्रमा आइसकेको छ । प्राप्त फारामलाई परीक्षण र सम्पादन सकेर कम्प्युटरमा तथ्याङ्क राखिने उनले सुनाए । पुस मसान्तसम्म कम्प्युटरमा तथ्याङ्क प्रवेश गराउन थाल्ने विभागको तयारी छ ।
तथ्याङ्क प्रवेश गराउन सुरु गरेको ६ महिनाभित्र सक्ने गरी काम अघि बढाइने छ । चालू आवमा तथ्याङ्क प्रवेश गराइसकेर आगामी आवको सुरुमै प्रतिवेदन प्रकाशन गरिने लामिछानेले बताए ।
यस वर्षको जनगणनाको प्रतिवेदन केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहको अलगअलग सार्वजनिक गर्ने विभागको तयारी छ ।
गत वैशाखमा गणना गर्ने तयारी गरिएकामा नयाँ भेरियन्टसहितको कोरोनाको सङ्क्रमण तीव्ररुपमा फैलिएपछि कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म गणकले घरघर पुगेर फाराम भरेका थिए । नेपालमा १९६८ सालदेखि जनगणना सुरु भएको हो । जनगणना सुरु भएको ११० वर्षपछि स्थानीय तहसम्मको तथ्याङ्क प्रकाशन हुन लागेको हो । राज्य पुनःसंरचना भएपछिको यो पहिलो जनगणना हो ।
News Desk 0 response शुक्रबार, पुस ९, २०७८

सम्बन्धित शीर्षकहरु
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



