

-
काठमाडौ ।
काठमाडौंकै मनहरा खोलाले छुने चाँगुनारायण नगरपालिका, भक्तपुरले दुई जना इञ्जिनियर मागेको झण्डै वर्ष दिन पुगिसक्यो, दिइएको छैन । राजधानीकै उत्तरीभेगको तारकेश्वर नगरपालिकाले चार महिनादेखि तीनजना जुनियर इञ्जिनियर मागेको माग्यै छ । तर, पाउने छाँटकाँट छैन । भक्तपुरको सूर्यविनायक नगरपालिकाले गतिलो शाखा अधिकृत मागेको महिनौँ भइसक्यो । माग गरिएका कर्मचारी पाउनु त कहाँ–कहाँ, भएका कर्मचारी पनि काममा नजाँदा समस्या छ । एउटा वडा सचिवले पाँचवटा वडाको काम धान्नुपर्ने बाध्यता विद्यमान छ । सशस्त्र द्वन्द्वकालमा यस्तै हुन्थ्यो । ज्यानको मायाले गाविस सचिवहरु सदरमुकाममै बस्थे वा काठमाडौंमै बसेर जागिर मिलाउँथे । अहिले देशमा त्यत्ति चर्को द्वन्द्व छैन, ढलिमली काम गर्न पाइन्छ । तर, सिंहदरबारभन्दा सूर्यविनायक धेरै टाढा पर्ने मानसिकताले घर गर्दा त्यस्ता कर्मचारीलाई सुविधाले नपुग्ने स्थिति छ । स्थानीय तहमा खटाइएका कर्मचारीहरु अटेर गरेर सुगममै बसेका छन् । स्थानीय तहलाई अहिलेसम्म कर्मचारी राख्ने अधिकार गएको छैन । किनभने, समायोजनको काम पूरा भएपछि रिक्त ठाउँमा मात्र तिनले कर्मचारी भर्ना गर्ने हो । अहिलेसम्म समायोजनले नै पूर्णता नपाएको स्थिति छ । संविधानले समायोजन भनेको छ । त्यसमै मुद्दा छ । बाह्रबिसे जाने भन्ने, नौबिसेबाट फर्किने, दुर्गम भत्ताका लागि बाहिर दरबन्दी बनाउने, काजमा काठमाडौं नै बस्ने गरिन्छ । कानुन बनेनन्, त्यसअनुसारको संरचना पनि बनेनन् । स्थानीय तहहरु निर्वाचित भएको दुई वर्ष पुग्न लागिसके । स्वास्थ्य सेवा र कृषिका प्राविधिकहरु पहिला पनि तल काम गरिरहेका थिए । यहीँ पनि समस्याको पहाड छ । गएको मान्छे जानासाथ सरुवा भएर फर्किने, नगएको मान्छे जाँदै नजाने । अब काजमा बस्न पनि नपाइने जनआस्थाले लेखेको छ ।
News Desk 0 response बुधबार, पुस २५, २०७५

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



