

-
काठमाडौँ ।
सरकारी चिकित्सक संघ (गोदान)ले आफ्ना विभिन्न माग पूरा गराउन दबाब दिने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा घेराउ गरेको छ । कर्मचारी समायोजन अध्यादेश, चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठानमा पदाधिकारी नियुक्ति लगायतका विभिन्न विषयमा उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई गत हप्ता भेट गरी गोदानले ध्यानाकर्षण गराएको थियो ।
गोदानका पदाधिकारी लगायत सदस्यले आफ्ना माग पूरा गराउन आइतबार तीन घण्टा मन्त्रालय घेराउ गरेको अध्यक्ष डा दीपेन्द्र पाण्डेले जानकारी दिए । गोदानले सरकारी चिकित्सकलाई समयानुकूल तलबरभत्ता वृद्धि, अस्पतालको भौतिक पूर्वाधार विस्तार, उपकरण र औजारको व्यवस्थापन, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चितता गर्न माग राखेको छ ।
अन्य मागमा प्रदेशरस्थानीय निकायमा समायोजन हुने चिकित्सकहरूको सेवा सुविधा, सुरक्षा, सरुवा, बढुवा लगायत वृत्ति विकास सुनिश्चित भएर मात्र समायोजन प्रक्रिया अगाडि बढाउनुपर्ने, समायोजनलाई अनिवार्यभन्दा स्वैच्छिक बनाउँदै समायोजन हुँदा एक तह स्तर वृद्धि गर्नुपर्ने, प्रदेशरस्थानीय निकायमा समायोजन भए पनि निश्चित तह र अवधि पूरा भएपछि सङ्घमा आउन सक्ने प्रावधान मिलाउन भनिएको छ ।
प्रदेश अन्तर्गतका सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य सेवाका वरिष्ठ चिकित्सकरस्वास्थ्यकर्मी मध्येबाट सचिव नियुक्ति गरिने प्रावधान ल्याउन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्वास्थ्य सेवा समूहबाट नियुक्ति गर्न, एघारौँ तहका स्वास्थ्यका कर्मचारीलाई निजामती सरह प्रशासनसम्बन्धी तालिम दिई अन्य प्राविधिक निकाय सरह जुनसुकै मन्त्रालयको सचिव हुनसक्ने व्यवस्था गर्न, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा छिटो पदाधिकारी नियुक्ति गर्न, सबै स्वास्थ्य प्रतिष्ठानहरूलाई व्यवस्थित गर्न साझा छाता ऐन ल्याउन समेत गोदानले माग गरेको छ । रासस
News Desk 0 response आइतवार, पुस २२, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



