• काठमाडौं । कलाकार तथा निर्देशक शिशिरशमशेर जबरा (शिशिर राणा) पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको बिजुली बजारबाट पक्राउ गरेको हो । बैंकिङ कसुरमा राणालाई पक्राउ गरिएको सीआईबीका एसपी गंगा पन्तले जानकारी दिइन् । बैंकिङ कसुरमा फरार रहेका राणालाई पक्राउ गर्न प्रहरी सफल भएको हो । राणालाई उच्च अदालत पाटनले २६ माघ २०७७ मा ४५ लाख जरिवाना र १० दिन कैद सजायको फैसला गरेको थियो । राणाले ललितपुरकै एक व्यक्तिबाट घर व्यवहार चलाउने भन्दै ४५ लाख ऋण लिएको सीआईबीले जनाएको छ । तर, रकम पर्याप्त नभएको नबिल बैंकको चेक दिएपछि उनीविरुद्ध बैंकिङ कसुरको उजुरी परेको थियो । सोही उजुरीका आधारमा उच्च अदालत पाटनले उनलाई दोषी ठहर गरेको थिये ।