• वागमती प्रदेश, (काठमाडौं) ।

    राष्ट्रिय परीक्षा बोर्डले साउनभित्र कक्षा १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ । बोर्डका अध्यक्ष प्रा। डा। चन्द्रमणि पौडेलले साउनको तेस्रो अथवा चौथो हप्तामा परीक्षा सञ्चालन गर्न अनुमति मागेको बताएका छन् । यसअघि फैलिएको कोरोना संक्रमणको दर कम हुँदै जान थालेको स्वास्थ्य मन्त्रालयको रिपोर्ट आए अनुसार परीक्षा सञ्चालन गर्न सकिने जस्तो अवस्था देखिएकाले अनुमति माग गरेको र परीक्षाको तयारी पनि गरिरहेको बोर्डले जनाएको छ । गत जेठ २६ बाट शुरु हुने तय भएको परीक्षा कोरोना महामारीका कारण स्थगित भएको थियो ।