

-
निषेधाज्ञाले सबैजसो क्षेत्र ठप्प रहेका बेला व्यापारीले निर्माण सामाग्री भाउ बढाएका छन् ।
डेढ महिनाअघि निषेधाज्ञा जारी नहुँदासम्म काठमाडौँमा फलामे डण्डी प्रतिकिलो ८० देखि ८६ रुपैयाँमा पाइन्थ्यो । अहिले २४ देखि ३० रुपैयाँसम्म भाउ बढाइएको छ ।
जेठ २१ देखि निषेधाज्ञा केही खुकुलो भइ निर्माण क्षेत्र चलायमान हुन थालेपछि उद्योगीले आफूखशी भाउ बढाएका हुन् । डण्डी मात्र होइन, गिटी, बालुवा र सिमेन्टको मूल्य पनि बढाइएको छ ।
निषेधाज्ञाअघि घर बनाउन सुरु गरेकाहरू सिमेन्टको मूल्य अहिले प्रतिबोरा ५० देखि एक सय रुपैयाँसम्म बढेको गुनासो गर्छन् । सिमेन्ट प्रतिबोरा ७ सय ५० देखि ८ सय ५०, डन्डी प्रतिकिलो १ सय ४ देखि १ सय १६ र एक नम्बर इँटा प्रतिहजार साढे १७ हजारदेखि १८ हजार रुपैयाँमा किनबेच भइरहेको छ । सरकारी नियमन ठप्पजस्तै रहेकाले व्यापारीले मनोमानी रुपमा भाउ बढाएका हुन् ।
विगत वर्षायामको मुखमा निर्माण सामग्रीको मूल्य घट्थ्यो । विद्युतको पर्याप्त उपलब्धताले उत्पादन बढी हुने तर विकास निर्माणका काम कम हुने भएकाले उद्योगीले भाउ घटाउने गरेका थिए । तर यसपालि ठीक उल्टो भएको छ । व्यापारीको मनोमानी बढे पनि बजार अनुगमनमा सरकारी निकायको उदासिनता आश्चर्यजनक छ ।
News Desk 0 response सोमवार, जेष्ठ ३१, २०७८

सम्बन्धित शीर्षकहरु
-
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३ -
राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा..
आइतवार, बैशाख २०, २०८३ -
थप २ सय ६० सुकुम्वासी परिवार सरकारको..
आइतवार, बैशाख २०, २०८३ -
आज देशभर असिना पानी पर्ने सम्भावना
आइतवार, बैशाख २०, २०८३
-
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३ -
राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा..
आइतवार, बैशाख २०, २०८३ -
थप २ सय ६० सुकुम्वासी परिवार सरकारको..
आइतवार, बैशाख २०, २०८३ -
आज देशभर असिना पानी पर्ने सम्भावना
आइतवार, बैशाख २०, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३



