-
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरसका कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । पर्यटन र होटल व्यवसायका प्रतिनिधिसहित अर्थ मन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले राहत, सहुलियत र प्रोत्साहनका कार्यक्रम ल्याएको भन्दै प्रभावकारी कार्यान्वनयमा जोड दिने बताएका थिए ।
बजेट, मौद्रिक नीतिलगायतमा उल्लेखित कार्यक्रमको कार्यान्वयन प्रक्रियामा देखिएका समस्या समाधानका लागि अग्रसरता लिएर अघि बढ्ने भन्दै अर्थमन्त्री पौडेलले परिस्थितिलाई ध्यान दिई अघि बढ्न र कठिनाइ परे सहजीकरण र सहयोग गर्न सरकार तयार रहेको बताए । कोरोनाको खोप आइसकेपछि स्थिति सहज हुने विश्वास व्यक्त गर्दै अर्थमन्त्री पौडेलले पर्यटन व्यवसायको क्षेत्रमा विद्युत् डिमाण्ड शुल्क छुटका लागि भएको मागका सम्बन्धमा थप छलफल गर्ने बताए ।
पर्यटन तथा होटल व्यवसायीले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधिमा शोधभर्ना रकमको अवधि बढीमा दुई वर्षको हुने उल्लेख भएकामा तीन वर्ष गर्न, चुक्ता गर्ने अवधि अधिकतम चार वर्ष उल्लेख भएकामा पाँच वर्षको व्यवस्था गर्न, विद्युत् डिमाण्ड शुल्क छुटको व्यवस्था गरिदिन, व्यवसायमा विद्यमान कुनै ऋणका लागि व्यवस्था भइसकेको धितोको आधारमा नै शतप्रतिशतसम्म हुने गरी ऋण प्रवाहको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।
News Desk 0 response मङ्लबार, माघ ६, २०७७
सम्बन्धित शीर्षकहरु
निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो
आइतवार, बैशाख १६, २०८१अब लगानीकर्ताले विदेशमा शाखा कार्यालय वा इकाइ खोल्न सक्ने, अरू के छन् सुविधा ?
आइतवार, बैशाख १६, २०८१वेस्ट इन्डिज ‘ए’ सँगकाे दाेस्राे टी–२० क्रिकेटमा नेपाल १० रनले पराजित
आइतवार, बैशाख १६, २०८१इलाममा २ वटा वडाको मत गनिसक्दा कांग्रेसका खड्काको अग्रता कायमै
आइतवार, बैशाख १६, २०८१-
निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो
आइतवार, बैशाख १६, २०८१ -
अब लगानीकर्ताले विदेशमा शाखा कार्यालय वा इकाइ..
आइतवार, बैशाख १६, २०८१ -
वेस्ट इन्डिज ‘ए’ सँगकाे दाेस्राे टी–२० क्रिकेटमा..
आइतवार, बैशाख १६, २०८१ -
इलाममा २ वटा वडाको मत गनिसक्दा कांग्रेसका..
आइतवार, बैशाख १६, २०८१ -
गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक..
आइतवार, बैशाख १६, २०८१
-
निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो
आइतवार, बैशाख १६, २०८१ -
अब लगानीकर्ताले विदेशमा शाखा कार्यालय वा इकाइ..
आइतवार, बैशाख १६, २०८१ -
वेस्ट इन्डिज ‘ए’ सँगकाे दाेस्राे टी–२० क्रिकेटमा..
आइतवार, बैशाख १६, २०८१ -
इलाममा २ वटा वडाको मत गनिसक्दा कांग्रेसका..
आइतवार, बैशाख १६, २०८१ -
गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक..
आइतवार, बैशाख १६, २०८१
-
सेती लोकमार्ग : १५ वर्षमा एक सय..
शुक्रबार, बैशाख १४, २०८१ -
एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि..
शनिबार, बैशाख ८, २०८१ -
निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो
आइतवार, बैशाख १६, २०८१ -
गठबन्धनलाई दिगो र परिणाममुखी बनाउने एमाले परिषद्..
सोमवार, बैशाख १०, २०८१ -
गुणस्तर परीक्षणको नाममा भारतले नेपाली चियाको निर्यात..
शनिबार, बैशाख ८, २०८१