• काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा १ हजार १०० ले वृद्धि भएसँगै प्रतितोला ९६ हजार ४०० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला ९५ हजार ३०० मा कारोवार भएको थियो ।

    यस्तै चाँदी प्रतितोला १० ले वृद्धि भई प्रतितोला १ हजार ३३५ मा कारोवार भएको छ । चाँदी प्रतितोला १ हजार ३२५ मा सोमबार कारोवार भएको थियो ।